कपिलवस्तुको पिपरा अस्पतालमा गर्भवतीको अप्रेसन सेवा सुरु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु। कपिवस्तुको बाणगंगा नगरपालिका–२ मा अवस्थित पिपरा अस्पतालमा गर्भवती महिलाको अप्रेसन गर्न सुरु गरिएको छ । अस्पतालमा आमा सुरक्षा कार्यक्रम अन्तर्गत उक्त सेवा सुरु भएको बुधबार एक पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको हो । कपिलवस्तु नगरपालिका–२ कि ३२ बर्षीया एक गर्भवती महिलाको सफल शल्यक्रिया गरिएसंगै मेजर अप्रेसन सेवा सुरु भएको अस्पतालका डाक्टर गणेश क्षेत्रीले जानकारी दिए ।

पहिले २ ओटा अप्रेसन मार्फत सुत्केरी भएकी ती महिलाको तेस्रो अप्रेसनका रुपमा सफल शल्यक्रिया मार्फत सुत्केरी गराईएको डा।क्षेत्रीले बताए । चिकित्सकद्वय डाक्टर सरस्वती भट्टराई, डाक्टर गणेश क्षेत्री, एनेस्थेसिया सहायक राधा कोइराला, अप्रेशन थिएटर नर्सिङ रबिना हिराचन, कल्पना पौडेल र सहयोगी चक्र सिङ्जाली लगायतको टिमले उक्त अप्रेसन गरेको हो । डा। क्षेत्रीले यो क्षण पिपरा अस्पतालको सेवा क्षेत्रमा ईतिहासिक दिन भएको भन्दै निकै मेहनत र लगावले यो अप्रेसन सेवा सुरु गर्न सकिएको बताए । डाक्टर सरस्वती भट्टराईले अप्रेसन सेवा सुरु भएसंगै यस क्षेत्रका गर्भवती महिलाहरु अप्रेसन गर्नकै लागी बुटवल, काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य भएको बताईन् । उनले सेवा उच्च गुणस्तरिय बनाउन आफु प्रतिवद्ध रहेको समेत बताईन् ।

बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले यो सेवाबाट बाणगंगा नगरपालिकासहित कपिलवस्तु जिल्लाका १० वटै पालिकाका गर्भवती महिलाहरु लाभान्वित हुने बताए । उनले छिमेकी जिल्ला अर्घाखाँचीको शितगंगा नगरपालिका र रुपन्देहीको कञ्चन गाउँपालिकाका महिलाहरुलाई यो सेवाले राहत पुग्ने र अप्रेसनकै लागी अन्यत्र धाउनुपर्ने बाध्यताको अब अन्त्य भएको बताए । उनले पिपरा अस्पताललाई प्रदेशकै नमुना अस्पतालको रुपमा स्थापित गर्न थप सेवाहरु बढाउँदै लग्ने आफुहरुको लक्ष्य रहेको बताए । नगरप्रमुख अर्यालले बाणगंगाको अबको प्राथमिकता शिक्षा र स्वास्थ्य भएको बताउँदै सोही अनुरुप लगानी गरेको बताए ।

बाणगंगामा आवश्यक आधारभूत सडकपुर्वाधार करिब अन्तिम चरणमा रहेकाले अब नगरको निति तथा कार्यक्रम शिक्षा र स्वास्थ्यमा केन्द्रित हुने उनको भनाई छ । उनले नागरिकहरुको स्वास्थ्यप्रति नगरपालिका संवेदनशील रहेको भन्दै आवश्यकता अनुसार स्वास्थ्यका सेवाहरु विस्तार गरिने बताए । उक्त पत्रकार सम्मेलनमा नगरप्रमुख चक्रपाणी अर्यालसहित नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, अस्पताल प्रशासन शाखाका प्रमुख नरेन्द्र पोख्रेल तथा अस्पतालका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । पिपरा अस्पतालले सेवा सुविधा थप गरेसंगै पछिल्लो समय अस्पतालमा आउने विरामीको संख्या ह्वात्तै बढेको छ । जहाँ दैनिक ३ सय बढी आउने गरेका छन् । -सागर वि.क. /वैखरी अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *