एमाले कपिलवस्तुको अध्यक्षमा बहालवाला शर्मालाई हराउँदै खनाल विजयी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा बहालवाला अध्यक्ष डम्बर शर्मालाई हराउँदै बाबुराम खनाल विजयी भएका छन् ।आज भएको मतदानमा खनालले २७८ मत ल्याएका छन् भने शर्माले २५३ मत ल्याएका छन्। शर्मा कपिलवस्तु एमालेको बहालवाला अध्यक्ष हुन्।

उपाध्यक्षमा शङ्कर पाण्डेले ३१२ मत ल्याएर भेषराज पाण्डेलाई पराजित गरेका छन्। भेषराजले २०१ मत ल्याएका छन्। सचिवमा सीबी गहतराज पनि विजयी भएका छन् । उनले विश्व कार्कीलाई पराजित गरेका छन्।
गहतराजले ३०४ मत ल्याएका छन् भने कार्कीले २१२ मत ल्याएका छन्। उपसचिवमा देवीलाल पोख्रेलले जित हासिल गरेका छन् । एमाले अध्यक्ष  केपी ओलीले उद्घाटन गरेको एमाले जिल्ला अधिवेशनमा दुवै पक्षबिच सहमति नजुटेपछि आज मतदान भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *