जनहित अनलाइन, कपिलवस्तु । नेकपा एमाले कपिलवस्तुको १० औ जिल्ला अधिवेशन यही वैशाख २६ गते हुने भएको छ । एमाले कपिलवस्तुले वैशाख २९ गतेका लागि तय भएको अधिवेशनको मिति हेरफेर गरि २६ गते गर्न लागेको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनुभयो ।
अध्यक्ष शर्माका अनुसार अधिवेशनको समुद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने छ । अध्यक्ष ओलीको समय मिलाएर वैशाख २६ गतेका लागि मिति तय भएको शर्माले बताउनुभयो ।

