एक हप्तामा २११ जनाले बनाए राहदानी, ११ लाख राजस्व सङ्कलन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

तम्घास,।  जिल्ला प्रशासन कार्यालय गुल्मीबाट एक हप्तामा २११ जनाले राहदानी बनाएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म एक हप्ताको अवधिमा २११ जनाको राहदानीका लागि आवेदन सङ्कलन भएको बताउनुभयो । जसबाट १० लाख ७७ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको उहाँको भनाइ छ ।

गत आइतबारदेखि शुक्रबारसम्मको अवधिमा नयाँ नागरिकता १२१, प्रतिलिपि ९३, गैर आवासीय नागरिकता एक, वैवाहिक अङ्गीकृत नगरिकता दुई, नाबालक परिचयपत्र ३०, राहदानी वितरण ११३, राष्ट्रिय परिचयपत्रका लागि आवेदन तीन सय, परिचयपत्र वितरण ३०७, संस्था नवीकरण छ र १२२ दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको गैरेले बताउनुभयो ।

सोही अवधिमा राहदानीबाट १० लाख ७७ हजार पाँच सय रुपियाँ र संस्था नवीकरणबाट २१ हजार ७५० रुपियाँ गरी कुल १० लाख ९९ हजार २५० रुपियाँ राजस्व सङ्कलन भएको गैरेले जानकारी दिनुभयो । न्यून जनशक्तिकाबिच पनि सेवाग्राहीहरुलाई दृष्टिगत गर्दै सेवा प्रवाह गरिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *