उपासना सहकारीका सदस्यलाई व्यवसाय दर्ता सम्बन्धि जानकारी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

निशान बुढाथोकी, काठमाडौं । उपासना महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आबद्ध व्यवसायी सदस्यहरुलाई व्यवसाय दर्ता प्रकृया सम्बन्धि जानकारी तथा उपासना तिज २०८१ काठमाडौंमा सम्पन्न भएको छ ।काठमाडौंको ठाडो भर्याङमा स्थित मेन फुड क्याफेमा आयोजना गरिएको सो कार्यक्रममा माननिय उप सभामुख श्री इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

साथै सोही कार्यक्रममा यस सहकारी संस्थाकी सल्लाहकार तथा महिला नेतृ कल्याणी खड्का, काठमाडौं महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष ईश्वरमान डंगोल, त्यसैगरी सोही कार्यक्रमको प्रशिक्षक कोपिला डंगोल, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, विभिन्न सहकारीका महिला दिदीबहिनीहरु, महिला अधिकारकर्मी लगायतका व्यक्तित्वहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा महिला नेतृ कल्याणी खड्काले महिलाहरु जब सम्म आत्मनिर्भर हुँदैनन् तब सम्म चुल्लो चौकामा मात्र सिमितहुनुपर्ने अवस्था आइरहन्छ, तसर्थ घर बाहिर आउनको लागि महिलाले संघर्ष गर्नैपर्छ र आर्थिक अवस्था सृदृढ हुनुपर्नेमा जोड दिनुभयो । जब महिला आर्थिक रुपले सशक्त हुन्छिन् तब मात्र सुन्दर समाजको निर्माण हुने बताउनुभयो ।

त्यसैगरी काठमाडौं महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष ईश्वरमान डंगोलले नारी घर, परिवार, समाजअनि राष्ट्रकै महत्वपूर्ण अङ्गहुनर एउटी नारी विनाको सुन्दर र शान्त घर, समाजअनि राष्ट्रको कल्पनापनि गर्न सकिदैन । तसर्थ महिला यस्तो शक्तिहो जसले घर परिवार देखि हरेक किसिमका जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्ने सक्छिन् भन्ने उदाहरण यही सहकारी संस्थाले छर्लङ बनाएको बताउनुभयो ।

कार्यक्रमकी प्रमुख अतिथि उप सभामुख इन्दिरा राना मगरले उपासना सहकारी संस्थाले विगत लामो समय देखि महिला दिदीबहिनीहरुको आर्थिक स्तरोन्नतीमा महत्वपूर्ण कामगर्दै आएको बताउनुभयो । साथै हाम्रो समाज पुरुष प्रधान भएकै कारण पनिआर्थिक रुपमा महिलाहरु सबल र समुन्नत बन्नन सकेको बताउँदै , समाजमा विद्यमान गरिबी र लैगिंक विभेदका कारण महिलाको अवस्था पुरुषको तुलनामा निकै कमजोर रहेको उल्लेख गर्नुभयो ।

यसैगरी सोही कार्यक्रमकी प्रशिक्षक कोपिला डंगोलले एउटी महिला सक्षमहुनु भनेको एउटा परिवार मात्रनभई सिङो समाज नै शिक्षितहुने बताउनु भयो । त्यसो त महिला हिंसामा पर्नुका धेरै कारणहरु मध्ये स्वयम महिला आत्मनिर्भर हुननसक्नु एक प्रमुख कारण हो । हाम्रो समाजमा महिलालाई अझै पनि घरभित्रै सिमित राख्ने प्रचलन छ । यस्तो प्रचलनले उनीहरुको परनिर्भरता बढेको छ जसले गर्दा सानो सानो आवश्यकता परिपूर्ति गर्न पनि परिवारका अन्य सदस्य प्रतिनिर्भर हुन बाध्यरहनु परेको र अरु प्रतिनिर्भर हुनु पर्दा महिलाले बढी हिंसा सहन परेको बताउनुभयो ।

त्यसो त वर्षौंदेखि नेपालीमहिलाले नागरिकताप्राप्तिमा ठूलो पीडा र झमेलाभोगिरहेका अवस्थामा पुरुषको वैवाहिक सम्बन्धको आधारमा मात्र अंगीकृत नागरिकता दिइने विषयले प्राथमिकता पाउनु राज्य काकानुन र नीतिनियममा समेत लैंगिक विभेदको दर्बिलो प्रमाण हो भन्ने वहस बाक्लिदै गएको कुरालाई स्पष्ट पार्दै केही समयअघि सर्वोच्च अदालतले बाबुको ठेगाननलागेकाको हकमाआमाको नामबाट नागरिकताप्राप्त गर्न सकिन्छ भन्ने फैसला गरे पनिआमाको पहिचानबाट सन्तानले नागरिकता पाउनबाबु नभएको व्येहोरा खुलाउनुपर्ने कानुनी व्यवस्थाले महिलामाथि चरम विभेद र अपमान भएको बताउनुभयो । २÷३ महिना एउटा व्यवसाय गर्ने राम्रो भएन , राम्रो चलेन भन्दै अनि फेरि २÷३ महिनाअर्को व्यवसायनगर्न आग्रह गर्दै स्वदेशी उत्पादनलाई जोड दिदै एउटै पेशा व्यवसायलाई अंगाल्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सोही कार्यक्रमकी सभापति एवं उपासना महिला वचततथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष अमरावती बलामी महर्जनले केही सुचकांकले महिलाको अधिकारका क्षेत्रमा सकारात्मक संकेत देखिएको र जनसंख्यालाई नै आधार मान्ने हो भने पनिमहिलाको संख्या ५१.५० प्रतिशत अर्थात् पुरुषको तुलनामा १.५० प्रतिशत बढी रहेको जानकारी दिदै संख्यामामा त्रनभई अन्य केही क्षेत्रमा समेत महिलाको पहुँच वृद्धी भएको स्पष्ट पार्नुभयो ।

No description available.

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *