अर्घाखाँचीमा भएको बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, बुटवल । विहिवार अर्घाखाँचीमा भएको बस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । जिल्लाको शितगंगा नगरपालिकामा ८ लाहापेका १३ वर्षिय प्रज्ज्वल बुढाथोकीको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा गए राति मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेन्द्र रावलका अनुसार सुपादेउराली मन्दिर दर्शन गरी दाङ जाँदै गरेको रा १ ख १५०५ नम्बरको बस गोरूसिङ्गे सन्धिखर्क सडकखण्डको शितगंगा ४ कोप्चिबासमा दुर्घटना हुंदा प्रज्ज्वल सहित १७ जना घाइते भएका थिए । घाइते सबै दाङको गढवाका हुन् । घाइतेहरुको बुटवलका विभिन्न अस्पतालमा उपचार भैरहेको प्रहरी निरीक्षक रावलले जानकारी दिनुभयो ।

बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *