अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना, दुईको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 गितारम विष्ट, अर्घाखाँची । बुटवलबाट अर्घाखाँची हुँदै गुल्मीको पुर्कोटदहतर्फ जाँदै गरेको मिनिबस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। लु १ ज ४७२३ नम्बरको फोर्स गाडी आइतबार राति करिब दुई बजे सन्धिखर्क नगरपालिका–९ अर्घा टारीमा दुर्घटनाग्रस्त भएको हो।

प्रहरीका अनुसार गाडी टारीको उकालो घुम्तीबाट अनियन्त्रित भई करिब २० मिटर तल खसेको थियो। दुर्घटनामा परी घटनास्थलमै दुई जनाको मृत्यु भएको छ भने मृतक दुवैजनाको पहिचान खुल्न बाँकी छ।

यस दुर्घटनामा तीन जनाको अवस्था गम्भीर छ भने अरु केही सामान्य घाइते भएका छन्। घाइतेहरुको अर्घाखाँची अस्पताल, सन्धिखर्कमा उपचार भइरहेको छ।

सन्धिखर्कबाट सञ्चालित लंका यातायात प्रालिको गाडीमा क्षमता भन्दा बढी यात्रु रहेको प्रहरीको भनाइ छ। उक्त गाडीमा २६ जना यात्रु सवार थिए।मृत्यू हुनेहरुमा जिल्ला गुल्मी मदाने गा।पा।(६ पुर्कोट वस्ने वर्ष १० की अरुणा थापा , मदाने गा।पा। ७ नेटा खर्क वस्ने वर्ष १३ को नारायण पौडेलल रहनु भएको छ। ४ जनालाई थप उपचारको लागि बुटवल रिफर गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगनाथ तिवारीले जानकारी दिनु भयो ।

 

दुर्घटनाको विस्तृत विवरण र कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *