रौटहटको एक विद्यालयमा विद्यार्थी बोरा बिछ्याएर पढ्न बाध्य

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रौतहट।  रौतहटको फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरमा रहेको दलित प्राथमिक विद्यालयका विद्यार्थी गएको १७ वर्षदेखि बोरामा बसेर पढिरहेका छन् ।

बकैया नदीको ‘ड्याम’ मा स्थानीय समाजसेवी गणेश महराले दान गरेको १० धुर जग्गामा २०६४ सालमा दलित प्राथमिक विद्यालय स्थापना भएको हो ।आर्थिक अभावमा विद्यालयको पक्की भवन र फर्निचरहरू नहुँदा बालबालिका दुई वटा स–साना टहरामा पढिरहेका छन् । कक्षा ३ मा अध्ययनरत रबिताकुमारी मुखियाले स्कुलमा डेस्क, बेञ्च, भवन, शौचालय केही पनि नभएको गुनासो गर्नुभयो । अर्का विद्यार्थी सुबोधकुमार पटेलले फर्निचर र भवनमात्र भए पनि पढ्न सहज हुने बताउनुभयो ।घरबाट बोरा नल्याउनेले चिसो भुइँमा बस्नुपर्ने बाध्यता रहेको निमित्त प्रधानाध्यापक हीरालालप्रसाद यादवले बताउनुभयो । विद्यालयमा पढ्ने वातावरण नै नभएको तर विद्यालयका समस्याप्रति स्थानीय सरकार उदासीन भएका उहाँको गुनासो छ ।

विद्यालयमा चार जना बाल विकास शिक्षिका, दुई सङ्घीय अनुदानका शिक्षक र एक कार्यालय सहयोगी कार्यरत छन् । विद्यालयमा एक सय ७५ जना विद्यार्थी छन् ।पकाउने र भाँडा राख्ने ठाउँको अभाव देखाउँदै विद्यालयले गएको साउनदेखि त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाजा खुवाउन नसकेको प्रधानाध्यपक यादवले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *