१५औँ कपिलवस्तु महोत्सवमा आज रमेशराज भट्टराई लगायतका कलाकारको प्रस्तुति रहने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । १५औं कपिलवस्तु महोत्सवको बाह्रौ दिन आईतबार चर्चित आधुनिक गायक रमेशराज भट्टराई आउने भएका छन् ।

आईतबार भट्टाराई संगै लोकदोहोरी गायिका राधिका हमाल, बालगायिका जिया भुसाल लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक राँमजी सेनले  जानकारी दिए ।

शनिबार राजनराज, थारु गायिका अन्जु कुस्मी, नेपालकै होचो मान्छे, जादुगर लगायतका कलाकारहरुले प्रस्तुति राखेका थिए ।

यसैबीच शनिबा। १३औं कपिलवस्तु डान्स आईडलतर्फका ७ जना प्रतिस्पर्धीहरुले प्रस्तुति राखेको डान्स आईडल संयोजक विष्णु मल्लले जानकारी दिईन् । तिमध्ये रविना रास्कोटी मगर बाहिरिएको उनले जानकारी दिईन् ।

रविनालाई ससम्मान विदाई गरेको उनले बताईन् ।

“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा बुधारबादेखि सुरु भएको हो ।

कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा आयोजित १५औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव पुष २ गतेसम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *