जनहित अनलाइन, कपिलवस्तु । विद्यार्थीहरूमा सिर्जनात्मक क्षमता विकास गर्दै अन्तरनिहित प्रतिभालाई प्रष्पुटन गर्ने उद्देश्यले ‘हाम्रो सारथि नेपाल’ क्लबले चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । बाणगंगा–८ स्थित श्री जननी आधारभूत विद्यालयमा प्रतियोगिता सम्पन्न भएको हो ।
उक्त प्रतियोगितामा विद्यालयका विभिन्न कक्षाका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट चित्रकला प्रस्तुत गर्ने विद्यार्थीहरूलाई प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थानसम्म पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी क्लबका पदाधिकारीहरू तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।
हाम्रो सारथी नेपाल क्लबले आगामी दिनहरूमा पनि विद्यार्थी केन्द्रित शैक्षिक, सामाजिक तथा सिर्जनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।








