सिद्धार्थ क्याम्पसमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । सिद्धार्थ क्याम्पस कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेका छन । विहिवार ठाकुरापुरको पिस हिमालयन रिसोटमा एक भव्य कार्यक्रमका बिच नव आगन्तुक विधार्थीहरुलाई स्वागत गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धार्थ क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष रबि बहादुर काफ्लेले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै यस क्याम्पसको शैक्षिक गुणस्तर उच्च रहेको दाबी गरे । उनले विद्याथीैहरुलाई यस क्याम्पसमा पढ्न इच्छा हुदाँ पनि गरिवीका कारण पढ्न नस्कने भएमा त्यस्ता विधार्थीहरुलाई विशेष छुटमा पढाउने प्रतिवद्धता व्यक्त गरे ।

सिद्धार्थ क्याम्पसका प्रमुख बेदराम अर्यालले उत्कृष्ट शैक्षिक संस्था रोजेको भन्दै नवआगन्तुक विद्यार्थीहरुलाई धन्यवाद दिनुभयो । विभिन्न तहका विद्यार्थीहरुले राष्ट्रिय स्तरमै उत्कृष्ट नतिजा ल्याएको भन्दै त्यसलाई नवआगन्तुक विद्यार्थीहरुले निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । विद्यार्थीहरुको सेवा सुविधा वृद्धिका लागि क्याम्पस प्रशासन सकारात्मक रहेको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख गोविन्द प्रसाद खनाल, प्लस टु कोडिनेटर राजकुमार अर्याल, उपप्रध्यापक प्रभात किरण क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।
कक्षा १२ की छात्रा प्रिन्सी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन यमुना राकसकोटी र अनिष विष्टको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *