संसद छिर्ने पहिलो जमर्कोमा कुँवर, संसद छिरेकालाई ठुलो तनाव

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चन्द्रकान्त न्यौपाने, जितपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको लागि कपिलवस्तुको क्षेत्र नम्बर १ मा यसपटक हेवीवेट भीडन्त हुँदैछ । नेपाली काँग्रेशको तर्फबाट २ पटकसम्म संसद छिरेका अतहर कमाल मुसलमान, नेकपा एमालेको तर्फबाट संविधान सभा सदस्य बनिसकेका विश्राम प्रसाद थारु, काँग्रेशका बागी उम्मेदवार आशिष शर्मा, नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट कृष्ण बहादुर कुँवर र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मोहन आचार्य(अधिवक्ता) प्रतिस्पर्धामा छन् ।

यससंगै राष्ट्रिय जनमोर्चाको तर्फबाट माधव भाट क्षेत्री पनि चुनावी मैदानमा छन् भने मधेशबादी लगायत अरु साना दलबाट पनि प्रतिस्पर्धा गर्नेहरु मैदानमा छन् । यी उम्मेदवारमा मुख्य प्रतिस्पर्धा भने एमाले, काँग्रेश, नेकपा, रास्वपा र स्वतन्त्र उम्मेदवारबीचमै छ । यसरी हेर्दा क्षेत्र नम्बर १ मा नयाँ र पुराना नेतावीचमा हेभिवेट भीडन्त हुने पक्का छ । यो भीडन्तले सबैभन्दा तनावमा नेकपा एमाले र काँग्रेस नै छन् । एमालेलाई यसअघिको जितको साख जोगाउन चुनौति छ भने काँग्रेशका उम्मेदवार अतहर कमाल मुसलमानले यसअघि २ पटकसम्म जितेको रवाफ फिर्ता गर्न चुनौति छ । त्यो चुनौति सिर्जना गर्ने पात्र नेपाली कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार कृष्ण कुँवर हुन् ।

तथापि स्वतन्त्र उम्मेदवार शर्मा र रास्वपा पनि संसदीय अनुभव बोकेका कमाल र थारुका तगारो बन्ने निश्चित छ । किन कुँवरसंग डराउँछन् कमाल र थारु ? काँग्रेश र एमालेको भन्दा नेकपाको सांगठनिक धरातल निकै कमजोर छ । नेकपाको संगठन पनि त्यति मजबुत देखिदैन ।  तथापि कुँवरको उम्मेदवारीले कमाल र थारु हैरान छन् । पटकपटक चुनाव जितेर पनि माखो मार्न नसकेको आरोप खेपिरहेका यी २ पात्र हैरान हुनुको कारण कुँवरको प्रभावशाली राजनैतिक र सामाजिक ब्यक्तित्व नै हो ।

कुनै लाभको पदमा नरही कमाल र थारुभन्दा अग्रमोर्चामा रहेर समाजलाई योगदान दिएको कुँवरको चरित्र नै उनीहरुकाे तगाराे बन्ने हाे कि भन्ने विश्लेषण हुने गर्दछ । कुँवर सामाजिक ब्यक्ति मात्र नभएर चुनावी खेलको अंक गणित निकाल्न सक्ने कुशल खेलाडी पनि हुन् । १ नम्बर क्षेत्रमा काँग्रेशको बलियो पकड भए पनि २०७४ सालमा एमाले र माओवादीबीच एकता भएर बनेको नेकपाबाट माओवादीका नेता चन्द्र प्रकाश खनाल बलदेवलाई चुनाव जिताउन मुख्य भूमिका खेल्ने नायकमध्ये एकमा पर्दछन् कुँवर ।

राजनीति गर्ने नेताको रुपमा बाहिर चर्चामा नआए पनि कुँवर राजनीतिका भित्री खेलाडी रहेको विषय धेरैलाई थाहा छ । त्यति मात्र नभएर २०७९ को स्थानीय तहको चुनावमा बाणगंगा नगरपालिकाको मेयर पदमा एमालेका चक्रपाणी अर्याललाई चुनाव जिताउन र एमाले र काँग्रेशकाे आधार ईलाका रहेकाे र १५ प्रतिशित पनि माओवादीको प्रभाव क्षेत्र नरहेको बाणगंगाको वडा नम्बर ३ मा मा माओवादीका टेक बहादुर झेँडीलाई जिताएर कुँवरले आफू चुनावी खेलाडी रहेकाे प्रमाणित गरेका थिए । त्यसकारण धेरै एमालेका नेता कार्यकर्ता कुँवरसंग त्रास मान्छन् । त्यसकारण पनि विश्राम थारुलाई कुँवरको उम्मेदवारी अहिले भारी परेकाे हाे कि भन्ने आंकलन गर्न सकिन्छ ।

अधिकांस एमालेका नेता कार्यकर्ता कुँवरका असली साथी भएकाले पनि थारुलाई तनाव छ । थरुलाई मात्र होइन काँग्रेसका अतहर कमाललाई पनि कुँवरको उम्मेदवारीले अहिले उत्तिकै तनाव दिएको छ । कुँवरले कैयन् काँग्रेसका संघ संस्था र ब्यक्तिलाई सहयोग गरेका छन् भने २०७४ को स्थानीय तहको चुनावमा काँग्रेशका मंगल प्रसाद थारुलाई बाणगंगा नगरपालिकाको नगर प्रमुख पदमा  जिताउँदा पनि कुँवरले धेरै ठुलो भूँमिका खेलेका थिए । तिनै योगदानका कारण पनि अहिले सबैबाट साथ मिल्नेमा आफू विश्वस्त रहेको कुँवर सुनाउँछन् ।

काँग्रेस आफैमा लड्नु परेको स्थिति, आशिषको स्वतन्त्र उम्मेदवारीले दबाबमा रहेका कमाललाई नेकपाले कुँवरलाई उठाएपछि झन् दबाब बढेको बुझ्न सकिन्छ । मधेशमा कमालको पहिलेको जस्तो प्रभाव देखिदैन । चुनाव जितेर पनि खासै गर्न नसकेको, धर्मको सेन्टिमेन्ट बोकेर टिकट पाएको, सिमित वर्ग र धर्मसंगबाट चल्ने गरेको लगायतका कारण कमालको मधेशमा अहिले माहौल विग्रिएर त्यसकाे फाईदा नेकपालाई पर्न सक्ने आंकलन गरिएकाे छ । बाणगंगा नगरपालिका मात्र होइन दक्षिणका कपिलवस्तु नगरपालिका, मायादेवी र शुद्धोदन गाउँपालिकामा पनि एमालेका थारु र अतहरको लोकप्रियता घट्दो छ ।

यसअघि ७९ मा चुनाव जितेपछि एमालेका बलराम अधिकारी मन्त्री बनेर बिभिन्न भ्रष्टाचार काण्डमा मुछिए । चुनाव जितेपछि एकदिन पनि मतदाता कहाँ पुगेनन् मायादेवी गाउँपालिकाका एक जना मतदाता भन्छन् ´अब बलराम र एमालेहरु मत माग्न आए लखेट्ने हो ।´ अहिले थारुको चुनावी कमाण्डर तिनै बलराम भएका कारण थारुलाई मधेशमा पुगेर मत माग्न सकस भइरहेको छ । यिनै कारण अहिले दक्षिणमा एमाले र काँग्रेशको देखिँदैन । दक्षिणमा एमाले मत माग्न आए लखेट्ने भन्दै कार्यकर्ता आक्रोशित छन् । यसको फाइदा पनि कुँवरले लिने निश्चित छ ।

अर्कोतर्फ मधेशमा नेकपा एसका युवा नेता फैजल खानलाई नेकपाले चुनावी कमाण्डर तोकिदिए पछि कुँवरलाई थप सजिलो भएको देखिन्छ । मधेशमा वान म्यान आर्मीका रुपमा फैजल खान छन् ।  दक्षिणका ३ वटै पालिकामा फैजलको प्रभाव छ । फैजलकाे उपस्थितिले कमाल थप पीरमा छन्। त्यसैले पनि कुँवरलाई यसपटक चुनाव जित्न सहज छ । चुनावी समिक्षा गर्ने समय अझै नभए पनि प्रारम्भिक घरदैलोले कुँवर बलियो कित्तामा छन् । त्यसैले पनि एमाले र काँग्रेसलाई अहिले क्षेत्र नम्बर १ मा विरासत गुम्ने हो कि भन्ने डर छ ।

यत्ति मात्र नभएर कुँवरको सामाजिक र सहयोगी ब्यक्तित्व पनि थारु र कमाललाई भारी भइरहेको छ । हरेक संघसंस्थालाई निस्वार्थ रुपमा सहयोग गरेर वरिष्ठ समाजसेवीको छवि बनाएका कुँवरलाई जिताउन मतदातामा पनि उत्साहित नै देखिन्छन् । घर दैलोको क्रममा सबैबाट सहयोग गर्ने प्रतिवद्धता आएको र त्यो स्थिति चुनावसम्म टिके चुनाव आफ्नो पक्षमा पर्ने कुँवरको विश्वास छ । चुनाव जितेपछि कुनै सरकारको सुख सुविधा तलब भत्ता नलिने कुँवरको निर्णय पनि थारु र कमाललाई असर पार्ने अर्को कारण हो । कुँवर भन्छन् अब मलाई कमाउनु छैन । मैले भनेको दिने नै हो । चुनाव अघि पनि दिएको छु । चुनावपछि पनि दिने नै हो ।

विगतका २० बर्षमा नभएका काम मेरो क्षेत्रमा आगामी ५ बर्षमा गरेर देखाउँछु । त्यसको लागि मसंग इमान्दार र भ्रष्टाचारको गन्ध पनि नआउने चरित्र छ । इमान्दार भइयो र भ्रष्टाचार गरिएन भने जति पनि काम गर्न सकिन्छ । चुनावी सरगर्मी भइरहँदा अहिले सबै नेताले घरदैलो थालेका छन् । घरदैलोको क्रममा एमाले र काँग्रेशले कमजोर आँकेका कुँवरको क्रेज देखेर कमाल र थारु आत्तिन थालेका छन् । जहाँ गए पनि अहिले कुँवरको खोट लगाउने ठाउँ नरहेको स्थानीयले बताउँदै आइरहेका छन् भने काँग्रेस र एमालेका उम्मेदवार कमाल र थारुले चुनाव जितेपछि मुख पनि नदेखाएको भन्दै आक्रोश पनि पोखिरहेका छन् ।

कुँवर कुनै लाभको पदमा नपुगिकनै समाजलाई बिभिन्न सहयोग गरेर नतिजा देखाइसकेका छन् भने कमाल र थारुले सार्वजनिक पद हासिल गरी लाभ लिए पनि समाज र जनताको लागि खासै केहि गर्न सकेका छैनन् । यसकारण पनि कुँवरसंग कमाल र थारु अत्तलिएका हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *