शितगङ्गा–१४ मा गर्भवती महिलाका लागि ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रम

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा–१४ पावर विक्रममा गर्भवती महिलाहरुका लागि ग्रामीण अल्ट्रासाउन्ड (भिडियो एक्सरे) कार्यक्रम सम्पन्न भएको छ । पावर आधारभूत स्वास्थ्य केन्द्रमा आज शुक्रबार भएको उक्त कार्यक्रम बाट करिब १० जना गर्भवती महिलाहरू लाभान्वित भएका छन ।

शितगङ्गा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको उक्त कार्यक्रममा यस क्षेत्रका गर्वभती महिलाहरुले भिडियो एक्सरे गरेको निमित्त स्वास्थ्य केन्द्र प्रमुख लक्ष्मी बन्जाडेले बताउनुभयो । एक्सरे गराएका महिलाहरुमा तत्काल कुनै समस्या नदेखिएको पनि उहाँले बताउनुभयो ।

त्यस्तै नगर स्वास्थ्य शाखा प्रमुख दामोदर ढकालले शितगङ्गाका १४ वटै वडाहरुमा यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । पावर विक्रममा यस आर्थिक वर्षको यो पहिलो कार्यक्रम रहेको र विभिन्न समयमा यो कार्यक्रम सञ्चालन गरिने पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा शितगङ्गा–१४ का वडा अध्यक्ष दामोदर न्यौपाने, वडा, स्वास्थ्य केन्द्रका कर्मचारी स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *