जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नम्बर १३ मा वडा स्तरीय शिक्षा समिति गठन गरिएको छ । बुधबार वडा अध्यक्ष दुर्गा बहादुर वि.सी. को संयोजकत्वमा समिति गठन गरिएको हो ।
जसको सदस्यहरूमा महिला जनप्रतिनिधिको तर्फ बाट तुलसा भाट, श्री प्रभाकर माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष नुन बहादुर वि.सी. शिक्षक ऋषि राम वि.सी, दिपक परियार, राधा पौडेल, सीता चुदाली, सीता खत्री रहनुभएको छ ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष वि.सी. ले वडा भित्र रहेका शैक्षिक संस्थाहरुले प्रदान गर्ने शिक्षाको गुणस्तर वृद्धि गर्नको लागि यस समितिले काम गर्ने जानकारी दिनुभयो । शिक्षाको गुणस्तर वृद्धि गर्न विद्यालय परिवार सङ्गै अभिभावकको पनि महत्वपुर्ण भुमिका रहने उहाँले बताउनुभयो ।



