रुपन्देहीमा ग्यासको कृत्रिम अभाव, अनुगमनमा गर्दा भेटिए सयौँ ग्यास

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बुटवल । रुपन्देहीमा व्यापारीले खाना पकाउने ग्यासको कृत्रिम अभाव सृजना गरेको भेटिएको छ । रुपन्देही जिल्लामा ग्यासको नियमित आवश्यकता अनुसार नै आयात हुने गरेको भएता पनि व्यापारिले कृत्रिम अभाव सृजना गरेको भेटिएको हो ।

सोमबार इलाका प्रशासन कार्यालय, बुटवलले ग्यास विक्रेता संघ रुपन्देहीको रोवहरमा गरेको अनुगमनका क्रममा व्यवसायीहरुले ग्यास लुकाएर राखेको भेटिएको हो । बुटवल  उपमहानगरपालिका र सैनामैना नगरपालिकाको १५ वटा ग्यास डिलरमा गरिएको अनुगमनका क्रममा ग्यासको सिलिन्डर फेला परेको इलाका प्रशासन कार्यालय बुटवलका नासु रामप्रसाद शर्माले बताए ।

हेमानी ग्यास (जितगढी), दिव्य दिवस इन्टरपाइजेज (झोलुङ्गेपुल),  न्यू सफल सप्लार्यस (तामनगर), कृतिका दर्शन (ढवाह), न्यौपाने नव स्टोर (तामनगर), पृथ्वी जनपृय स्टोर (सैनामैना), बोलबम टे«डस (सैनामैना), ओम शान्ति सप्लार्यस (सैनामैना), लाङघाली विज्रल एण्ड क्रिसन (सैनामैना) लगायतका १५ वटा ग्यास स्टोरमा अनुगमन गरिएको इलाका प्रशासन कार्यालयका नासु शर्माले बताए ।

अनुगमनका क्रममा ती ग्यास डिलरबाट लुकाएर राखेका ५०० भन्दा बढी ग्यासका सिलिन्डर फेला परेको शर्माले बताए ।  सैनामैना ५ को  लाङघाली ग्यास डिलरले धेरै मूल्यमा ग्यास विक्रि गरेको भेटिएको शर्माले बताए ।

‘अनुगमन गरिएका मध्य सैनामैनाको लाङघाली डिलरले धेरै मूल्यमा समेत ग्यास विक्रि गरेको भेटियो, उक्त डिलरले ३०० भन्दा धेरै बढी मूल्य लिएर ग्यास विक्रि गरिएको पाइयो, केहीको बढी लिएको रकम समेत हामीले तत्काल फिर्ता व्गराएका छौँ,’ उनले भने ।

साथै उक्त ग्यास डिलरलाई जिल्ला प्रशासनलाई कारवाहीको लागि सिफारिस गरिने समेत उनले बताए ।

यस्तै ग्यास बिक्रेता संघ रुपन्देहीका अध्यक्ष प्रदिप प्रसाद पन्थले रुपन्देहीमा आवश्यकता अनुसार नै ग्यासको आयात भएको बताए । उनले ग्यासको कालोबजारी गर्ने र कृक्रिम अभाव गर्ने व्यवसायीहरुको संरक्षण आफुले नगर्ने बताउँदै कानुन बमोजिम कारवाही गर्न समेत उनले आग्रह गरे ।

यस्तै अध्यक्ष पन्थले ग्यासको अनावश्यक भण्डारण गर्न र ग्यास नपाएमा ग्यास विक्रेता संघमा जानकारी गराउन समेत आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *