रिब्दीकोटको माल्मुलमा भएको निशुल्क आँखा शिविर बाट १७४ जना लाभान्वित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु/पाल्पा । पाल्पाको रिब्दीकोटमा सम्पन्न भएको १ दिने निशुल्क आँखा शिविर बाट १७४ जना लाभान्वित भएका छन । मंगलबार रिब्दीकोट ३ माल्मुलको श्री लक्ष्मि माध्यमिक विद्यालयमामा भएको शिविरमा १७४ जनाले आँखा जाँच गराएको आयोजक संस्थाले बताएको छ ।

विद्यार्थी तर्फ छात्र छात्रा गरि ७१ र अभिभावक तर्फ पुरूष महिला गरि १०३ जना गरि कुल १७४ जना माध्ये ३५ जनालाई निशुल्क चस्मा वितरण गरिएको छ । त्यस्तै ९ जनाको भने अप्रेसन गर्नुपर्ने जनाइएको छ ।

आर्थिक अवस्था कमजोर भएर आँखा जाँच गराउन नसकेकाहरुलाई मध्यनजर गर्दै नेपाल नेत्र ज्योति संघ पाल्पा र लायन्स लाकौल आँखा अस्पतालको आयोजना तथा रिब्दीकोट गाउँपालिकाको सहआयोजनामा शिविर सञ्चालन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *