राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटीले संगठनको ३६ औं स्थापना दिवसको अवसरमा सामाजिक कार्य गरेको छ । ३६ औं स्थापनाको अवसरमा राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटीले अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको संगठनका नगर कमिटी अध्यक्ष बलराम खनालले जानकारी दिनुभयो । पिपरा अस्पतालमा उपचाररत विरामीहरुलाई स्वास्थ्यवद्र्धक फलफुल वितरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटी सह ईन्चार्ज धनु अधिकारीले विरामीहरुको अवस्था बुझिने र उहाँहरुको फलफुल खरिद गर्ने समयको बचत गरि संगठनको माया स्वरुप विरामीलाई फलफुल वितरण गरिएको बताउनुभयो । पार्टी प्रदेश कमिटी सदस्य समेत रहनुभएका नेता अधिकारीले विरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आवश्यक सहयोग निरन्तर गरिरहने बताउनुभयो । उहाँले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि नगर कमिटीले उदाहरणिय कार्य गर्ने बताउनुभयो । नेता अधिकारीले संगठनले युवाहरुलाई सामाजिक कार्य संगै उत्पादन मुलक कार्यमा जोड्नका लागि सदैव लागिरहेको बताउनुभयो । उहाँले लागुपदार्थ र्दुव्यसनीमा फसेका युवाहरुलाई रोजगार र स्वरोजगारमा जोड्ने, घरेलु हिंसा, लैगिंक विभेद जस्ता सामाजिक विकृति विसंगतीलाई न्युनिकरण गर्ने क्रियाकलापमा समेत प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।

 

कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष तिलक गिरीले संगठनको ३६ औं स्थापना दिवसको अवसरमा शुभकामना दिंदै जिल्लासंगै देशैभर आज संगठनले सामाजिक कार्य गरि स्थापना दिवस मनाएको बताउनुभयो । जिल्ला अध्यक्ष गिरीले संगठनको महाधिवेशनका लागि प्रतिनिधि छनौट कार्य सम्पन्न गरेको जानकारी दिनुभयो । उहाँले राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुका कोषाध्यक्ष तैय्यव खाँ माथि भएको दुर्व्यवहार प्रति कमिटीको गम्भिर ध्यानाकर्षण भएको बताउँदै दोषि माथि कारवाहीको माग गरिएको बताउनुभयो ।

 

कार्यक्रमका अध्यक्ष संगठनका नगर कमिटी अध्यक्ष बलराम खनालले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय युवा संघ नेपाललाई समाजसेवाको पहिलो पाईलाको रुपमा स्थापित गरि युवाहरुको ढुकढुकीको रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

साथै उक्त कार्यको प्रशंसा गर्दै पिपरा अस्पताल परिवारले धन्यवाद सहित संगठनलाई मायाको चिनो प्रदान गरेको छ ।

कार्यक्रममा नेकपा एमाले जिल्ला उपाध्यक्ष शंकर पाण्डे, बाणगंगा नगरका प्रमुख चक्रपाणि अर्याल, नेकपा एमाले बाणगंगा नगर कमिटी अध्यक्ष सोमनाथ अर्याल, जिल्ला कमिटी सदस्य तथा वडा न। इन्चार्ज मुक्त बहादुर कार्की, जिल्ला कमिटी सदस्य भिष्मराज भुसाल, उमानाथ पौडेल, संगठन जिल्ला सह इन्चार्ज गोपाल मणि ज्ञवाली, संगठन जिल्ला अध्यक्ष तिलक गिरी, नगर इन्चार्ज सरोज मणि पौडेल, वडा नम्बर २ का वडाध्यक्ष विष्णु प्रसाद पौडेल, वडा सदस्य झिमलाल सापकोटा लगायत राष्ट्रिय युवा सङ्घ नेपालका जिल्ला कमिटी तथा नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको सचिव बिकास भट्टराईको संचालनमा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *