जनहित अनलाइन, कपिलवस्तु । चैत्र ५ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनका लागी आज उम्मेदवारको अन्तिम नामावलि प्रकाशन भएको छ ।
कपिलवस्तुको बाणगङ्गा ८ लौगाइमा रहेको बाणगंगा बहुमुखी क्याम्पसमा विद्यार्थीहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन । स्वतन्त्र अन्तर्गत सभापतिमा विशाल बि सि, सचिबमा मञ्जित बेलबासे र कोषाध्यक्षमा लक्ष्मण आचार्य रहेका छन ।
वर्तमान अवस्थामा राजनीतिक दल र भातृ सङ्गठनको हालिमुहाली रहेको भन्दै आफूहरूले विद्यार्थीको समस्यालाई मुख्य एजेण्डा बनाएर उम्मेदवारी दिएको बताएका छन । दलले किचोलिएको ठाउँमा साहस गरेर स्वतन्त्रको बिउ रोपेको बताएका छन । अत्याधिक विद्यार्थीहरू स्वतन्त्रको पक्षमा रहेको भन्दै आफूहरूले जित्नेमा विश्वस्त रहेको बताउँदै स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न सम्पूर्ण विद्यार्थीलाई अपिल गरेका छन ।
त्यस्तै अनेरास्ववियु बाट सभापतिमा शिव शर्मा (शिशिर), सचिवमा प्रदिप पौडेल र कोषाध्यक्षमा ममता थारू उम्मेदवार छन् यता नेवि सघंबाट सभापतिमा पुजन बहादुर मल्ल, सचिबमा मिना ढुङ्गाना र कोषाध्यक्षमा प्रसुना भण्डारी रहेका छन ।


