माउन्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको वार्षिक समीक्षा बैठक सम्पन्न 

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन , बाणगंगा ।   माउन्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष ०८१ / ८२ को वार्षिक समीक्षा बैठक संस्थाका अध्यक्ष युबराज पोख्रेलको अध्यक्षतामा केन्द्रीय कार्यालय वाणगंगा –५, कोपवा, कपिलवस्तुमा सनिबार सम्पन्न भएको छ  । वित्तीय स्थायित्व कायम गर्न तथा संस्थालाई अझ सशक्त बनाउन गत आर्थिक वर्षको  वार्षिक वित्तिय विश्लेषण, वित्तिय अभिलेख र  विभिन्न उपायहरू बारे व्यापक छलफल गरिएको थियो ।


विशेष गरी सदस्यहरूको बचत तथा ऋण व्यवस्थापनलाई अझ पारदर्शी बनाउने, ऋण लगानीको प्रभावकारिता वृद्धि गर्ने तथा सहकारीको दिगो विकासका लागि आवश्यक रणनीति तयार गर्ने विषयमा ब्यापक छलफल भएको संथाले  जनहित अनलाइनलाइ जनाएको छ । उक्त बैठकमा वार्षिक तुलनात्मक वित्तिय विवरण व्यवस्थापक रविलाल भट्टराईले प्रस्तुत गर्नुभएको थियो । 


वाणगंगा नगरपालिकाकी उप -प्रमुख तथा संस्थाकी सल्लाहकार रिता कुमारी चौधरीको प्रमुख आतिथ्यता रहेको समीक्षा बैठकमा समितिका पदाधिकारी, सदस्य, लेखा समिति, सल्लाहकार समिति, विभिन्न उपसमितिका प्रतिनिधिहरू तथा कर्मचारी लगायतको उपस्थित रहेको थियो । उक्त बैठक सचिव खेमराज भट्टराई सञ्चालनमा सम्पन्न भएको थियो ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *