म हार्नु भनेको यहाँको विकास हार्नु हो: एमाले उम्मेद्वार चौधरी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । नेकपा एमाले कपिलवस्तु क्षेत्रनम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार विश्राम प्रसाद चौधरीले आफु हार्नु भनेको कपिलवस्तुको विकासले हार्नु भएको बताएका छन । सोमबार बाणगंगाको ओदारीमा चुनाव प्रचार प्रशार कार्यालयको उद्घाटन समारोहमा बोल्दै चौधरीले जिल्लाको विकास र समृद्धिको लागि आफुले निर्वाचन जित्नैपर्ने दाबी गरेका छन ।

आफु विगतदेखि नै जनताको बिचमा रहेर जनताका समस्या तथा गुनासाहरु सम्बोधन गर्दै आइरहेको भन्दै निर्वाचनपछि पनि आफु जनताकै बिचमा रहने उनल् बताए । जिल्लाको भौतिक पूर्वाधार विकास तथा विस्तार, आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धि, वातावरणीय संरक्षण, संस्थागत विकास तथा सुशासन, शैक्षिक सुधार, युवाहरूको व्यावसायिक सीप विकास र रोजगारी सिर्जनाका क्षेत्रमा विशेष पहलकदमी लिने प्रतिबद्धता उनले व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *