कपिलवस्तु–१ मा काङ्ग्रेसको चुनावी अभियान तिव्र, बैदौलीमा सम्पर्क कार्यालय उदघाटन

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले चुनावी गतिविधि तीव्र बनाएको छ । नेता तथा कार्यकर्तासँग भेटघाट र पार्टी सम्पर्क कार्यालय उद्घाटन गर्दै कांग्रेसले चुनावी अभियानलाई तीव्र पारेको हो । मंगलबार काङ्ग्रेस कपिलवस्तु क्षेत्रनम्बर १ ले बाणगंगा–६ बैदौलीमा निर्वाचन प्रचारप्रशार सम्पर्क कार्यालयको उद्घाटन गर्दै कांग्रेसका उम्मेदवार अत्तहर कमाल मुसलमानले देशलाई […]

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

काठमाडौ । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्याम कृष्ण थापाले मृतकको संख्या १२ पुगेको जानकारी दिए । उनका अनुसार, बस खसेको स्थानमा खोजी गर्दा अहिले ६ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या १२ पुगेको हो । सीडीओ थापाका […]

जनताले सही र गलत व्यक्ति छुट्याउने समय आएको छः उम्मेद्वार कुंवर

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु क्षेत्रनम्बर–१ मा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका कृष्ण कुँवरले जनताले अब सही र गलत व्यक्ति छुट्याएर निर्णय गर्ने समय आएको बताएका छन् । नेताले काम गरेनन् भन्दै गाली गर्नुको सट्टा चुनावमार्फत् सही व्यक्तिलाई चिनेर अनुमोदन गर्नु नै लोकतन्त्रको सबल अभ्यास हुने उनको भनाइ छ । वाणगंगा नगरपालिका–९ भलवाडमा मंगलबारदेखि सुरु […]

जनताको मन जित्ने गरि काम गर्ने छु : एमाले उम्मेद्वार चौधरी

जनहित अनलाइन कपिलवस्तु ।  कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार विश्राम प्रसाद चौधरीले जनताको मन जित्ने गरि आफुले काम गर्ने बताउनु भएका छ । बाणगंगा वडा नगरपालिका २ को विस्तारित बैठक तथा निर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै उम्मेद्वार चौधरीले यस क्षेत्रका जनताको आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका […]

कपिलवस्तु १ मा राप्रपाका कुर्मीलाई टेवा, दुर्गा प्रसाईं नेतृत्वको समुहले सहयोग गर्ने

जनहित अनलाइन, कपिलवस्तु । फागुन २१ को निर्वाचन नजिकिदै गर्दा कपिलवस्तुमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लाई थप टेवा पुग्ने भएको छ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ अभियान कपिलवस्तुले निर्वाचनमा राप्रपालाई सहयोग गर्ने भएपछि राप्रपालाई थप टेवा पुग्ने भएको हो । आज सुद्धोधनको प्रगतिनगरमा एक कार्यक्रमको आयोजना गरि राप्रपा र […]

तामाकोशी नदीमा खस्यो : ४ जनाको शव भेटियो

काठमाण्डौ । काठमाण्डौबाट ओखलढुङ्गाका लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । रामेछापको मन्थली नगरपालिका–६ लिलौटीबाट बस तामाकोशी नदीमा खसेको हो । डुबेको बसमा रहेकामध्ये अहिलेसम्म चार जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले बताउनुभयो । अरनिको यातायातको प्रदेश ३ ०१–००५–९९७५ नम्बरको बस दुर्घटना भएको हो । बसमा १३ जना रहेकोमा […]

जनताको मुद्धानै मेरो प्रमुख मुद्धा हो : काङ्ग्रेस उम्मेदवार मुसलमान

जनहित कपिलवस्तु । नेपाली कांग्रेस क्षेत्र नम्बर १ का काङ्ग्रेस उमेद्धवार अतहर कमाल मुसलमानले जनताका मुद्धालाई नै आफुले प्रमुख मुद्धा बनाएर अगाडि बढाएको बताएका छन । निर्वाचन लक्षित मतदाता तथा पार्टीका अग्रज नेता–कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनताका समस्यालाई आफुले सधै नजिक बाट नियालेर समाधान गर्न लागिपरेको बताए । कार्यक्रममा स्थानीय जनताले भोग्दै […]

खेतमा घाँस काटेको विवादमा आक्रमण : ३ जना महिला गम्भीर, १ जना पक्राउ

रौतहट । रौतहटको देवानी गोनाही नगरक्षेत्र अन्तर्गत खेतमा घाँस काटेको विवादमा सोमवार राती भएको सामूहिक आक्रमणबाट ३ महिला गम्भीर घाइते भएकी छिन्। घटनामा संलग्न रहेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन्। सामूहिक आक्रमणबाट वडा ५ टीकुलिया गाउँका महेश महेश तिवारीका छोरीहरू वर्ष २५ की अस्मिता तिवारी, वर्ष १५ की सुस्मिता तिवारी र बचेलाल मुखिया बिनको श्रीमती ४० […]

संकट बाट देशलाई जोगाउन राप्रपाले जित्नैपर्छः उम्मेदवार कुर्मी

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु सहित देशैभर चुनावी रौनक बढेको छ । फागुन २१ गते हुने निर्वाचनको लागि कपिलवस्तुमा पनि सबै दलका उम्मेद्वार र स्वतन्त्र उम्मेद्वारहरुले मतदाता भेटघाटलाई तिव्रता दिएका छन । यसैबिच कपिलवस्तु क्षेत्र नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बनेका शत्रुधन विलास कुर्मीले आसन्न निर्वाचनमा राप्रपाका उम्मेदवार विजयी नभए देश […]