बुटवल–गोरूसिंगे सडक: माघ पहिलो सातादेखि काम सुरू हुने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बुटवल । बुटवलदेखि कपिलवस्तुको गोरूसिंगेसम्म सडक निर्माण काम माघ पहिलो सातादेखि सुरू हुने भएको छ। सडक विभागले बुटवलदेखि गोरूसिंगेसम्म ५० किलोमिटर र गोरूसिंगेबाट चन्द्रौटासम्म १९ किलोमिटर सडक बनाउँदैछ । पहिलो चरणमा बुटवल–गोरूसिंगे खण्ड बन्ने भएको हो ।

बुटवलदेखि रूपन्देही र कपिलवस्तुको सीमा क्षेत्र कोठी नदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरूसिंगेसम्म २५ किलोमिटरलाई दुई भागमा विभाजन गरी गत असार १३ गते सडक निर्माण ठेक्का सम्झौता भएको थियो। चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले ठेक्का सम्झौता गरेका हुन् ।

बुटवल–गोरूसिंगे सडक निर्माण आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेका अनुसार निर्माण कम्पनीले गत कात्तिक ४ गते सडक विभागसँग कार्यादेश लिएको थियो। अहिले काम थाल्ने तयारी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *