बाणगंगाबाट प्रहरीको सिआइडी हु भन्दै ठगी गर्ने २ युवा पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा बाट आफुहरुलाई सि आइ डी (घुमुवा प्रहरी) बताउने दुई जना पक्राउ परेका छन । बाणगंगा नगरपालिका वडा नं.२ पिपरा बस्ने ३२ वर्षका को ऋषिराम घिमिरे र सोही वडाको कप्टैया बस्ने ३२ वर्षका जीवन थापालाई इलाका प्रहरी कार्यालय पिपराले पक्राउ गरेको हो ।

आफुहरु इलाका प्रहरी कार्यालय पिपरा बाट आएको घरकोठा खानतलासी गर्नु पर्ने छ भन्दै एक स्थानियको घरमा प्रवेश गरि खानतलासी गरि रु.१७ हजार) लिई हिडेको भन्ने सुचनाको आधारमा २६ गते बेलुका बाणगंगाको राजपुर स्थित खेल मैदान बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

उनीहरुलाई कपिलवस्तु जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थप लिई ठगी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *