बाणगंगाको कार्यपालिका बैठक सम्पन्न, केके भए निर्णय ?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । चार नम्बर जितपुर स्थित नगरपालिकाको सभाहलमा कार्यपालिका बैठक सम्पन्न भएको हो ।

बैठकले आर्थिक बर्ष २०८२/८३ का लागी निति तथा कार्यक्रम निमार्णका लागी नगर प्रमुख चक्रपाणी अर्याल संयोजक रहने गरी समिति गठन गरिएको छ । जसमा नगर उप प्रमुख रिता कुमारी चौधरी , बिषयगत समितिका संयोजकहरु,शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनि सदस्य सचिव रहने नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले जानकारी दिए ।

साथै बैठकले नगर भित्रका ११ वटा वडाको सिलिङ्ग बजेट समेत तय गरेको छ । जनसख्या, भुगोल, राजश्व र भौगोलिक बिकटताका आधारमा न्युनतम १ करोड देखि १ करोड ४१ लाख सम्म बजेट पर्नेगरी वडाको बजेट सिलिङ्ग निर्धारण गरीएको प्रवक्ता पौडेलले बताए ।

कार्यपालिका बैठकमा बोल्दै नगर प्रमुख चक्रपाणी अर्यालले सुरु गरिएका योजनाहरु सम्पन्न गर्ने गरी साथै नगरको आवश्यकतालाई मध्यनजर गर्दै आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम ल्याइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *