बाणगंगा खानेपानी समिति तिनैया डाँडाको चौँथो वार्षिक साधारण सभा सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु ।
बाणगंगा खानेपानी सरसफाई तथा उपभोक्ता समिति तिनैया डाँडाको चौँथा वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार उपभोक्ता समितिको प्राङ्गणमा सभा सम्पन्न भएको हो ।


कार्यक्रममा बोल्दै जिल्ला खानेपानी कपिलवस्तुका प्रमुख प्रकाश के.सीले खानेपानीले स्थानीयलाई शुद्ध पानी उपलब्ध गराएको भन्दै संस्था सुशासन, पारदर्शी तथा जवाफदेही तरिकाले सञ्चालन भईरहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख के.सी. ले व्यक्तिलाई स्वास्थ्य राख्न शुद्ध खानेपानीको अहम भूमिका रहेको बताउँदै खानेपानी तर्फ संवेदनशील हुन आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै बाणगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष बिष्णु प्रसाद पौडेलले वडाको विकासका लागि यो खानेपानीको अहम भुमिका रहेको बताउँदै भौतिक विकास निर्माणले मात्र वडा समृद्ध नहुने भन्दै व्यक्तिलाई नभई नहुने खानेपानी तर्फ संवेदनशील हुने आवश्यक रहेको बताउनुभयो ।

उपभोक्त समितिका अध्यक्ष खिम बहादुर अधिकारीले समितिले गरेका क्रियाकलापको बारेमा जानकारी गराउँदै आगामी लक्ष्य समेत प्रस्तुत गर्नुभएको छ । अध्यक्ष अधिकारीले विभिन्न विषयका सम्बन्धमा आगामी लक्ष्य बारे स्पष्ट पार्दै आयोजनाको निर्माण प्रगति बारे बताउनुभएको थियो । उहाँले साधारण सभा सफल पार्नका लागि सहयोग गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्नुभयो । अधिकारीले उपभोक्ताहरुलाई शुद्ध खानेपानी उपलब्ध गराउन समितिले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल खानेपानी महासघंका केन्द्रिय सदस्य विश्व कार्की, खानेपानी महासंघ जिल्ला सदस्य राजेन्द्र विक्रम शाह, खानेपानी डिभिजन कपिलवस्तुका पदाधिकारी पे्रम प्रसाद पौडेल, मुना सामुदायिक वनका अध्यक्ष कुशल थापा, राजापानी सामुदायिव वनकी अध्यक्ष सितादेवी पौडेल, उपभोक्ता समितिका पदाधिकारी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

उपभोक्ता समितिका अध्यक्ष खिम बहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष गोपाल प्रसाद पाण्डेको स्वागत तथा सचिव कुशल रेस्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *