बाँकेमा ६ महिनामा ५० वटा सवारी साधन चोरी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपालगन्ज। बाँके जिल्लाभरबाट चालु आर्थिक वर्षको ६ महिनामा ५० वटा सवारी साधन चोरी भएका छन्।  आर्थिक वर्ष २०८१–०८२ को साउन महिनादेखि हालसम्म जिल्लामा मात्रै ५० वटा सवारी साधन चोरी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयले बाँकेले दिएको विवरण अनुसार २०८१ साउन ३ गतेदेखि २०८१ पुस २९ गतेसम्मको अवधिमा कार, मोटरसाइकल, स्कुटर र इ–रिक्सा गरेर ५० वटा सवारी साधन चोरी भएका हुन्।

यो अवधिमा जिल्लामा ४२ मोटरसाइकल, एउटा कार, तीन वटा स्कुटर र चार वटा इ–रिक्सा चोरी भएको प्रहरीले जनाएको छ।

चोरी भएका सवारी साधनको विषयमा पटकपटक उजुरी गर्दा पनि पत्ता नलागेको पीडितले गुनासो गर्ने गरेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी आयुस जोशीले ६ महिनाको अवधिमा जिल्लामा चोरी भएका सवारी साधनको नम्बर र विवरण सार्वजनिक हुँदै आएको बताउनुभयो। यसरी विवरण सार्वजनिक हुँदा खोजी कार्यमा सहयोग पुग्ने प्रहरीको विश्वास छ।

बाँके जिल्ला भारतीय सीमा जोडिएकोले चोरी भएका सवारी साधनलाई तत्काल सीमापार हुने समस्या भएकाले भेट्न कठिन हुने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *