प्रधानमन्त्री ओलीको प्रश्न :संविधानको शपथ खाएर, त्यस विपरीत चल्न मिल्छ ?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको शपथ लिएर त्यसविपरीत चल्न नमिल्ने बताएका छन्।

सोमबार प्रतिनिधि सभामा सम्बोधन गर्दै चैत १५ गते तीनकुनेमा भएको घटनाले संविधान मास्ने क्रियाकलाप भएको बताएका हुन्।

‘जनप्रतिनिधिहरू संविधानको शपथ लिएर आउने अनि संविधान मास्ने क्रियाकलापमा लाग्ने कुरा शपथ विरीतको कुरा हो, नैतिकता विपरीतको क्रियाकलाप हो,’ उनले भने।

आफूहरूले संविधानको शपथ लिएकाले त्यसको खिलाप जान नमिल्ने बताएका हुन्।

‘नेपालको संविधानको शपथ हामी सबैले उभिएर लिएका छौं। संविधानको शपथ लिने अनि संविधानकै खिलाफ जान्छु भन्ने। संविधान भन्दा माथिसम्म कसैले देश र जनताको नाममा लिएका हुँला। इश्वरका नाममा लिएका हुँला। ईश्वरका नाममा कसम खाएर, संविधानको नाममा शपथ लिएर, त्यस विपरीत चल्न मिल्छ नैतिकतालेरु,’ उनले भने।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको र तीनकुनेमा भएको प्रदर्शनको विषयमा प्रतिपक्षले प्रधानमन्‍त्री ओलीसँग जवाफ माग गरेका थिए। प्रधानमन्त्री ओलीको जवाफ माग गर्दै प्रतिपक्षले संसद अवरूद्ध गर्दै आएको थियो।

त्यसै विषयमा प्रधानमन्त्री ओलीले जवाफ दिएका हुन्। पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत कारबाही गर्नुपर्ने भनेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले विरोध जनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *