पिस मुन ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर बाट १८ प्रशिक्षार्थीहरुले लिए डिप्लोमा तहको प्रमाणपत्र

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु जिल्लामै उत्कृष्ट पहिचान बनाउन सफल पिस मून ब्युटी पार्लर तथा ट्रेनिङ सेन्टर बाट डिप्लोमा तह पास गरेका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । बुद्धभुमी नगरपालिका २ गोरुसिङ्गेमा रहेको उक्त ट्रेनिङ्ग सेन्टरले ६ महिने डिप्लोमा तह पास गर्ने १८ प्रशिक्षार्थीहरुलाई आज एक भब्य कार्यक्रमका बिछ प्रमाणपत्र प्रदान गरेको हो ।

कार्यक्रममा बोल्दै बुद्धभुमी उद्योग वाणिज्य संघका अध्यक्ष शुभलाल ले सिकेको सीपलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो । ब्युटिसियन अहिलेको समयको मागानुसारको सीप रहेको भन्दै उक्त सिपलाई आर्थिक उपार्जन सङ्ग जोड्नुपर्ने बताउनुभयो ।पछिल्लो समय पिस मून ब्युटी पार्लरले ब्युटिसियन सम्बन्धि विभिन्न महत्त्वपूर्ण तालिमहरु दिएको भन्दै पार्लरको प्रशंसाा समेत गर्नुभयो ।

त्यस्तै सेन्टरका सञ्चालक चन्द्र खनाल क्षेत्रीले आफ्नो सेन्टरलाई विश्वास गरेर आउनुभएका प्रशिक्षार्थीहरुलाई सिपमा अब्ब्ल बनाएर पठाउने आफुहरुको उद्देश्य रहेको बताउनुभयो । लामो समयदेखि आफ्नो श्रीमती यहि पेसामा लागिपरेको भन्दै आफुले पनि पुर्ण साथ र सहयोग गरिरहेको उहाँले बताउनुभयो ।

त्यस्तै सहेली ब्युटी पार्लर, बुटवलकी सञ्चालीका पार्वती सेनले आफुले सिकाएको बिद्यार्थीले अहिले ट्रेनिङ सेन्टर नै खोलेर प्रशिक्षण दिदै हिडेको देख्दा गर्व महसुस हुने बताउनुभयो ।

त्यस्तै स्वागत मन्तव्य राख्दै सेन्टरकि सञ्चालिका तथा प्रशिक्षक शान्ता थापाले करिब १८ वर्ष देखि आफू यसै क्षेत्रमा रहेको भन्दै प्रशिक्षार्थीहरुको आसा र भरोसालाई कमि हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सेन्टरका सञ्चालक चन्द्र खनालको अध्यक्षतमा भएको कार्यक्रममा प्रशिक्षार्थी, कर्मचारी, परिवारका सदस्य लगायतको उपस्थिति रहेको थियो । बाणगङ्गा स्थित मायादेवी रिसोर्टमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी चेतन विष्टले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *