नयाँ वर्षको अवसरमा प्रगतिशील लेखक संघले बुधबार रचना वाचन कार्यक्रम गर्दै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । नयाँ वर्ष २०८२ लाई साहित्यिक र सिर्जनात्मक रुपमा स्वागत गर्ने उद्देश्यले प्रगतिशील लेखक संघ, नेपाल कपिलवस्तु शाखाले विशेष रचना वाचन कार्यक्रमको आयोजना गर्न लागेको छ।

कार्यक्रम आगामी २०८२ साल वैशाख ३ गते बिहान ७:३० बजे कपिलवस्तुको बाणगंगा नगरपालिका १ स्थित सिद्धार्थ क्याम्पसको सभाहलमा सम्पन्न हुने जनाइएको छ।

संघले जारी गरेको सूचनामा इच्छुक साहित्यकार, स्रष्टा तथा साहित्यप्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई आफ्ना सिर्जनाहरू कविता, गीत, गजल, मुक्तक, कथा आदिको वाचन गर्न अनुरोध गरिएको छ। रचना वाचनका माध्यमबाट नव वर्षमा सिर्जनात्मक ऊर्जा प्रवाह गर्दै साहित्यिक वातावरणलाई थप सशक्त बनाउने लक्ष्य लिइएको छ।

कार्यक्रमको संयोजन संघका सचिव रमेश पौडेलको सक्रिय नेतृत्वमा भइरहेको छ। उनले भनेका छन्, “हामीले यो कार्यक्रम सिर्जनशील मनहरूको भेला,नयाँ वर्षको शुभकामना र विचारको आदान–प्रदानको अवसरको रूपमा लिन चाहेका छौं। यसले स्थानीय स्रष्टाहरूबीच सहकार्य, उत्साह र नयाँ सिर्जनाको मार्ग तयार गर्ने अपेक्षा लिएको छ।”

संघले सम्पर्क र जानकारीका लागि दुई वटा मोबाइल नम्बरहरू पनि सार्वजनिक गरेको छ – ९८६६६६६२७० र ९८४७०३३३९६ प्रगतिशील लेखक संघद्वारा आयोजित यस प्रकारको कार्यक्रमले साहित्यिक चेतनालाई प्रवर्द्धन गर्नुका साथै युवा पुस्तामा सिर्जनात्मक सोच र अभिव्यक्तिको विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *