दाङको लमहीमा गोली चल्यो, एक जना घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

दाङ । दाङको लमहीमा गोली चलेको छ ।

लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलाइएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

सो क्रममा पसल सञ्चालक १८ वर्षिय दिपक सुनार घाइते भएका छन् ।

अहिले उनको लमही अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक रोषणराज पाण्डेले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *