जनहित अनलाइन कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार विश्राम प्रसाद चौधरीले जनताको मन जित्ने गरि आफुले काम गर्ने बताउनु भएका छ ।
बाणगंगा वडा नगरपालिका २ को विस्तारित बैठक तथा निर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै उम्मेद्वार चौधरीले यस क्षेत्रका जनताको आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ निर्वाचनमा उम्मेद्वारी रहेको बताउदै सुर्य चिन्हमा मतदान गरि जिताउनका लागि उहाँले अनुरोध गर्नुभयो ।
चौधरीले एमाले सत्तामा रहदा जति देशको विकास निर्माण अन्य कुनै दलहरुले नगरेकाले जनताले एमालेको सरकार नै चाहेको समेत बताउनुभयो ।
त्यस्तै पार्टीका केद्रिन्य सदस्य बलराम अधिकारीले एमालेले सुकुम्वासी समस्या समाधानका लागि प्रक्रिया सुरु गरि काम समेत गरेको अवस्थामा सत्ता छाड्न परेका कारण अझै काम बाँकी रहेकाले सो काम सम्पन्न गरि नेपाली जनतालाई जग्गाधनी बनाउँनका लागि पनि एमालेले जित्न आवश्यक रहेको बताउनुभयो ।
बैठकमा पार्टीका केन्द्रिय सदस्य गिरधारीलाल न्यौपाने, पुर्व लेखा आयोग उपाध्यक्ष बिष्णु पन्थी, नगर ईन्चार्ज चक्रपाणि अर्याल, जिल्ला लेखा आयोगका अध्यक्ष गंगा बहादुर जिसी लगायतको अन्य नेता तथा कार्यकर्ताको उपस्थिती रहेको विस्तारित बैठक नगर कमिटी उप सचिव जगतराज रेग्मीको स्वागत तथा नगर कमिटी सचिवालय सदस्य नहकुल शाहिको सञ्चालनमा सम्पन्न भएको हो ।


