ग्यालेक्सी युथ क्लबः ‘असहायका लागि खाद्यान्न वितरण अभियान’ सञ्चालन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । सामाजिक कार्य मार्फत छोटो समयमै उत्कृष्ट पहिचान बनाएको कपिलवस्तुको ग्यालेक्सी युथ क्लबले गरिब, विपन्न, असहाय, अपाङ्ग, को लागि खाद्यान्न वितरण अभियान सञ्चालन गरेको छ । खान र लगाउन धौधौ हुने परिवारको लागि खाद्यन्न लगायतका सामाग्रि वितरण गर्न थालेको हो ।

त्यसै अनुसार क्लबले बाणगंगा नगरपालिका– ९ स्थित शोभा खत्रीको परिवारलाई खाद्यान्न वितरण गरेर अभियानको शुरुवात गरेको छ । आर्थिक अवस्था कमजोर रहेकी शोभाको परिवारलाई क्लबले चामलसहित दैनिक खाद्यान्न सहयोग गरेको क्लबका अध्यक्ष अमृत गिरीले जनहित अनलाइन सङ्ग बताएका छन । उनका अनुसार शोभाका छोरा बिरामी गम्भिर बिरामी रहेका छन । त्यसैले खाद्यन्न सहित शैक्षिक सामाग्रि समेत प्रदान गरिएको छ ।

यस अभियान अन्तर्गत अबको दुई महिनासम्म जिल्लाका विपन्न परिवारको पहिचान गरेर खाद्यन्न तथा आवश्यक सामाग्रि वितरण गर्ने कार्यक्रम रहेको छ । ग्यालेक्सी युथ क्लबले जिल्लामा सरसफाई अभियान, सफा कपिलवस्तु अभियानु, सपना बोक्ने झोला अभियानसहितका विभिन्न अभियान संचालन गर्दै आएको आएको छ ।ग्यालेक्सी युथ क्लब हाल कपिलवस्तुमा सामाजिक उत्तरदायित्व बोक्ने युवाहरूको साझा मञ्च बनेको छ । क्लबको कार्यशैली र समर्पणले अन्य युवाहरूलाई पनि समाजसेवातर्फ प्रेरित गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *