काठमाडौँ । पार्टीको कार्यक्रमका लागि गोरखा पुगेका रास्वपा नेताहरु चढेको गाडी तोडफोड गरिएको छ। गोरखाको भिमसेनथापा गाउँपालिका ३ को वडा अधिवेसनका लागि पुगेका नेताहरु चढेको गाडीमाथि तोडफोड गरिएको हो ।
सो गाडीमा रास्वपा केन्द्रीय सदस्यद्वय प्रकाशचन्द्र परियार र धनेज थापा तथा पर्यटन विभाव सदस्य प्रकाश लामिछाने गोरखा पुगेका थिए ।
पार्किङ गरेर राखेरको गाडीमा अज्ञात समूहबाट मध्यरात आक्रमण भएको रास्वपा नेता प्रकाश लामिछानेले बताए । आजको भेला लागि आफूहरू जुटेको बेला कारमाथि आक्रमण भएको खबर पाएको उनले बताए ।
लामिछानेकाअनुसार कार राति ९ बजे आसपास फोडिएको हुन सक्ने स्थानीयताले बताएका छन् । अहिले प्रहरीले घटनाको मुचुल्का गरिरहेको पनि लामिछानेले जानकारी दिए ।
घटनास्थल नजिकैको प्रहरीका कार्यालय आरुघाटले बागमति प्रदेश ०१०२५ च ७०३० नम्बरको कारमाथि आक्रमण भएको जनाएको छ। कार रास्वपा केन्द्रीय सदस्य धनेज थापाको भएको प्रहरीले जनाएको छ। थापा पनि सोही कार्यक्रमका लागि गएका नेता हुन् ।
आज बिहान ९ बजेतिर आक्रमणबारे जानकारी पाएको र वडा भेला प्रभावित भएको रास्वपा केन्द्रिय सदस्य एवम् समानुपातिक उम्मेदवार प्रकाशचन्द्र परियारले बताए ।
‘वडा भेलाको तयारी चल्दै थियो हामी काठमाडौँबाट चढेर आएको कारमाथि आक्रमण गरिएको थाहा पायौँ,’ नेता परियारले भने । घटनाको अनुसन्धान गर्न प्रहरीले थालेकाले अबको केही बेरमा वडा भेला सुरु हुने पनि रास्वपा गोरखाका नेताहरूले बताएका ।


