‘कृषि तारा कपिलवस्तु’ घोषणा, प्रथम पुरस्कार एक लाख

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तुमै पहिलो पटक ‘एग्रीवस्तु कृषि तारा २०८२’ हुने भएको छ ।
कपिलवस्तुका कृषकका लागि जिल्लामै पहिलो पटक कृषि तारा संचालन गर्न लागिएको एग्रीवस्तु कोल्डस्टोरेज प्रालिका प्रबन्ध निर्देशक आशिष शर्माले बताए । सोमबार नेपाल पत्रकार महासंघ कपिलवस्तु तौलिहवामा पत्रकार सम्मेलन गर्दै सो कार्यक्रम बारे जानकारी गराईएको हो ।

कपिलवस्तुमा रहेर कृषि ब्यवसाय गर्दै आएका कृषक, बैदेशिक रोजगारबाट आएर कृषि गरेका युवा र महिला कृषकको लागि विभिन्न पुरस्कार सहित कृषि तारा कपिलवस्तु गर्न लागिएको उनको भनाई छ ।

कृषकलाई पुरस्कार र कृषि पेशालाई सम्मान गर्न कार्यक्रम गर्न लागिएको भन्दै उत्कृष्ट कृषकहरुलाई नगद पुरस्कार प्रदान गर्दै पेशामा लाग्न थप प्रेरित गर्ने बताए । कृषि नै नेपाली अर्थतन्त्रको मेरुदण्ड, आशा, भरोसा र भविष्य भएको भन्दै उनले भने, ‘कृषक यसका वास्तविक साधक हुन, भन्ने मूल मन्त्रका साथ कपिलवस्तुका कृषकहरुलाई सम्मान गर्ने उद्देश्यका साथ जेठको दोस्रो साता एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ आयोजना गर्न लागेका छौं ।’

अहिले पनि कृषि पेसामा लागेर केही पनि हुँदैन भन्ने भाष्य निर्माण भएको उनले बताए । यो भाष्यलाई चिर्नका लागि यो कार्यक्रम महत्वपूर्ण सावित हुने र यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उनको विश्वास छ । एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को मुख्य प्रायोजकको रुपमा दीपकुमार उपाध्याय फाउन्डेसन रहेको उनले जानकारी गराए ।

उनले ३ वटा विधाहरुमा ५ जना कृषकलाई सम्मान गरिने बताए । उनका अनुसार कृषि तारा प्रथम, द्वितीय, तृतीय, विदेशबाट फर्किएका उत्कृष्ट कृषि उद्यमी र उत्कृष्ट महिला कृषकलाई सम्मान गरिने छ ।

कृषि तारातर्फ प्रथम हुनेले १ लाख, द्धितीय हुनेले ७५ हजार र तृतीय हुनेले ५० हजार प्राप्त गर्ने छन् भने विदेशबाट फर्किएका उत्कृष्ट कृषि उद्यमी र उत्कृष्ट महिला कृषकले पुरस्कार स्वरुप ५०र५० हजार पाउने छन् ।

प्रबन्ध निर्देशक आशिष शर्माले ’एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२’ का लागि इच्छुक कृषकहरुका लागि आजैदेखि आवेदन खुला गरिएको जानकारी दिए । दरखास्त दिने अन्तिम मिति २०८२ वैशाख १५ गतेसम्म तोकिएको छ ।

उनका अनुसार आवेदन दिन इच्छुक कृषक कृषि संस्थाले कपिलवस्तु जिल्लाको सम्बन्धित नगरपालिकारगाउँपालिकाको कृषि शाखा, जिल्ला कृषि ज्ञान केन्द्र कपिलवस्तु, नेपाल पत्रकार महासंघको कार्यालय तौलिहवा, एग्रीवस्तु कोल्ड स्टोरेजको प्रधान कार्यालय वुद्धभूमी १० जनकपुर वा सामाजिक सञ्जालबाट पनि आवेदन प्राप्त गर्न सक्नेछन् ।

थप जानकारीका लागि विष्णुप्रसाद तिवारी ९८१७४७०८५४ र धिरेन्द्रराज उपाध्याय ९७४६३६७७३१ लाई सम्पर्क गर्न सकिने जनाईएको छ ।

कार्यक्रम पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष खग प्रसाद चापागाईको अध्यक्षता, एग्रीवस्तु कोल्डस्टोरेज प्रालिका प्रबन्ध निर्देशक आशिष शर्माको प्रमुख आतिथ्यतामा भएको हो । महासंघका उपाध्यक्ष दीपा महतको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन सचिव सनिउल्ला धोबिले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *