जनहित अनलाइ, कपिलवस्तु । कपिलवस्तुको मायादेवीमा मृत फेला परेका एक पुरुषको पहिचान खुल्न सकेको छैन । गत ८ गते मायादेवी गाउँपालिका वड नम्बर ४ चाकरचौडा बजार स्थित एक घरको आँगनमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
मधेशी मुलको जस्तो देखिने अन्दाजी ६०÷६५ वर्षका पुरुषको शव सनाखत हुन नसकेकोले अहिले कपिलवस्तु अस्पताल तौलिहवाको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । निम्न हुलिया रहेको व्यक्ति रहेकोले सम्बन्धित आफन्तले प्रहरीमा खबर गर्न पनि आग्रह गरिएको छ ।
हुलिया
वर्ण गहुँगोरो मझौला, शरिर उचाई ५.४ इन्च, दाह्री कपाल फुलेको, टुप्पी पालेको, जनै लगाएको, कालो पायन्ट, आकासे रङको सर्ट, पहेलो भेष्ट, कालो चप्पल लगाएको, मृतक नजिक जेन्स साईकल रहेको, साईकलमा कटहर राखेको मधेसी मुलको जस्तो देखिने ।

