कपिलवस्तुको पकडी बाट बेपत्ता बालिका मृत फेला

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु ।कपिलवस्तुको मायादेवी गाउँपालिका १ पकडी स्थित घरबाट बेपत्ता भएकी बालिकाको शव  सोमवार बिहान मर्थी खोलमा फेला परेको छ। आफ्नो ५ वर्षीय दाइँसँग घरबाट खेल्न बाहिर निस्किएकी अमित कुमार ओझाको २ बर्षिया छोरी मान्सा ओझा कार्तिक २२ गते बिहान १० बजे देखि हराएकी थिइन।

बालिकाको शव घर देखि ३ किलो मिटर दक्षिण मायादेवी गाउँपालिका १ र शुद्धोदन गाउँपालिका ६ को सिमामा पर्ने मर्थी खोलमा फेला परेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए।

बालिकाको शवलाई पोस्टमार्टम लागि कपिलवस्तु अस्पताल पठाइएको छ। घटनाको अनुसन्धान भइरहेको सिंहले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *