कपिलवस्तुका विभिन्न ठाउँ बाट अवैध सामान तथा कुखुरा बरामद

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुका विभिन्न ठाउँबाट अवैध रुपमा नेपाल ल्याइएका विभिन्न सामाग्रि र कुखुरा बरामद गरिएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ९ बैरेनि चोक स्थित भारतबाट नेपाल तर्फ भन्सार छलि अवैध रुपमा ल्याउँदै गरेका सामाग्रि प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार करिब २२ हजार २ सय बजार मुल्य रहेका चियापत्ति, गोल्डी मसाला र विभिन्न किसिमका चक्लेट गरी २८ किसिमका सामाग्रिहरु बरामद गरिएको हो । अस्थाई प्रहरी पोष्ट जगदिशपुरताल बाट खटिएको प्रहरी टोलीलाई देखेपछि सोही स्थानमा उक्त सामाग्रि छोडी मानिस मोटरसाईकल सहित फारर भएको प्रहरीले जनाएको छ । त्यस्तै बाणगंगा नगरपालिका वडा नम्बर ६ लक्ष्मणघाट पनि विभिन्न किसिमका किराना सामानहरु बरामद गरिएको छ । अवैध रुपमा मोटरसाइकलमा राखी ल्याउदै गरेको करिब ३५ हजार ४ सय बजार मुल्यका सामाग्रि बरामद गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कोपवाबाट खटिएको प्रहरी टोलिले उक्त सामाग्रि बरामद गरेको हो ।

त्यस्तै कृष्णनगर नगरपालिका १२ हरिगवा बाट अवैध रुपमा ल्याइएका कोइलर कुखुरा समेत बरामद गरिएको छ । रा १ प १९८५ नं. को मोटरसाईकलमा राखि ल्याइएका ६६ जिउ कोईलर कुखुरा बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त कार्यमा संलग्न मानिस भागेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *