जनहित अनलाइन, कपिलवस्तु । फागुन २१ को निर्वाचन नजिकिदै गर्दा कपिलवस्तुमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लाई थप टेवा पुग्ने भएको छ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ अभियान कपिलवस्तुले निर्वाचनमा राप्रपालाई सहयोग गर्ने भएपछि राप्रपालाई थप टेवा पुग्ने भएको हो ।
आज सुद्धोधनको प्रगतिनगरमा एक कार्यक्रमको आयोजना गरि राप्रपा र उक्त समुह निर्वाचनमा मिलेर जाने सहमति भएको राप्रपा कपिलवस्तु क्षेत्रनम्बर १ ले जनाएको छ । कार्यक्रममा बोल्दै प्रसाईं नेतृत्वको उक्त समुहका पदाधिकारीहरुले बिदेशी दलालहरुले राष्ट्रलाई खोक्रो बनाइसकेको भन्दै एजेण्डा र बिचार मिल्दो पार्टी राप्रपालाई निर्वाचनमा सहयोग गर्ने बताएका थिए । उनिहरुले सहकारी पीडित, मिटरब्याज पीडित, सुकुम्बासीको समस्या उठाउने आफ्नो समुहको अध्यक्ष दुर्गा प्रसाईं लाई बारम्बार पक्राउ गरिरहेको भन्दै आक्रोश समेत पोखेका थिए ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य धुर्व रायमाझीले सङ्कटपुर्ण अवस्था बाट देशलाई निकास दिन राप्रपाका बिचार र एजेण्डा नै सर्वोत्कृष्ट विकल्प रहेको बताउनुभयो । दुर्गा प्रसाईं नेतृत्वको समुहले उठाएका अधिकाशं मुद्धा राप्रपाले विगतदेखी नै उठाइरहेको भन्दै ती मुद्धाको सम्बोधन गर्ने पार्टी राप्रपा मात्र रहेको दाबी गर्नुभयो ।
त्यस्तै क्षेत्र नम्बर १ का उम्मेद्वार शत्रुघन विलास सिंह कुर्मीले आफूले सधै पीडित जनताको पक्षमा कुरा उठाइरहेकोले निर्वाचनमा एकता गरेको भन्दै अभियानका पदाधिकारी धन्यवाद दिनुभएको थियो ।
त्यस्तै यता राप्रपाका पदाधिकारीहरुले सहकारी पीडित, मिटरब्याज पीडित, सुकुम्बासी लगायत जनताको समस्या समाधान गर्ने र राष्ट्रलाई माया गर्ने पार्टी राप्रपा रहेको भन्दै अब सबै मिलेर जानुको विकल्प नरहेको बताएका थिए ।
कार्यक्रममा राप्रपा र राष्ट्र राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ अभियान कपिलवस्तका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।

