कपिलवस्तु हाटबजार व्यवसायी समितिको २१ औं साधारणसभा सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तु हाटवजार व्यवसायी समितिको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज बाणगङ्गाको बैरियामा रहेको समितिको कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेस बहादुर क्षेत्रीले हाम्रो पेशालाई सम्मानित र मर्यादित गर्ने वातावरण हामी आफैले निर्माण गर्नुपर्ने बताउनुभयो । कपिलवस्तु उद्योग वाणिज्य संघ साना देखि ठुला सबै खाले व्यवसायीको पक्षमा रहेको भन्दै हाटबजार व्यवसायीले ढुक्क भएर आफ्नो काम गर्न आग्रह गर्नुभयो । त्यस्तै अध्यक्ष क्षेत्रीले अब हाटबजारलाई स्मार्ट हाटबजारको रुपमा अगाडि लैजानुपर्ने बताउनुभयो ।

त्यस्तै उद्योग वाणिज्य संघ कपिलवस्तुका पुर्व अध्यक्ष डोलकराम घिमिरेले उद्योगी व्यवसायीलाई पाखा लगाएर देशको आर्थिक उन्नति गर्न नसकिने भएकाले सम्पुर्ण व्यवसायीलाई समेटेर लैजानुपर्ने बताउनुभयो ।
त्यस्तै समितिका अध्यक्ष यमलाल बेल्वासेले हाटबजार व्यवसायीको अवस्थलाई सुधार गर्न समिति सकृय रुपमा लागिरहेको बताउनुभयो ।

कार्यक्रममा बाल माध्यमिक विद्यालयका प्रधानाध्यापक टिकाराम पौडेल, समितिका सल्लाहकार छबिलाल गैरे, युवा समाज वैरियाका अध्यक्ष विष्णु घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा समिति भित्रका वृद्धवृद्धा लगायत विभिन्न व्याक्तिहरुलाई खादा ओडाएर सम्मान गर्नुभएको थियो । समितिका अध्यक्ष यमलाल बेल्वासेको अध्यक्षता, सचिव गणेश न्यौपानेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा हाटबवार व्यवसायी समितिका पदाधिकारी, विभिन्न संघसंस्थका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *