कपिलवस्तु महोत्सवमा आज चर्चित गायक शिव परियार आउँदै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, बाणगंगाा । १५औं कपिलवस्तु महोत्सवको १३औं दिन आज चर्चित आधुनिक गायक शिव परियार आउँदै छन् । आज शिवसंगै स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक राँमजी सेनले वैखरीलाई जानकारी दिए ।

आईतबार रमेशराज भट्टाराई, लोकदोहोरी गायिका राधिका हमाल, गायक मिसन भुसाल, बालगायिका जिया भुसाल लगायतका कलाकारहरुले प्रस्तुति राखेका थिए ।

यसैबीच आईतबार १३औं कपिलवस्तु डान्स आईडलतर्फका ६ जना प्रतिस्पर्धीहरुले प्रस्तुति राखेको डान्स आईडल संयोजक विष्णु मल्लले जानकारी दिईन् । तिमध्ये विनिता भुसाल बाहिरिएको उनले जानकारी दिईन् । विनितालाई ससम्मान विदाई गरेको उनले बताईन् ।
उनका अनुसार आज टप ५ प्रतिस्पर्धीहरुले आआफ्नो प्रस्तुति राख्ने छन भने तिमध्ये एक जना बाहिरिने छ ।

“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा बुधारबादेखि सुरु भएको हो ।

कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा आयोजित १५औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव भोली सकिदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *