जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमिमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । बु्द्धभुमि नगरपालिका २ बड्हरा पुल नजिकै ट्रकको ठक्करबाट मोटरसाईकल चालक गोरुसिगेंका २० बर्षीय अर्जनु थारुको मृत्यु भएको हो ।
सोमबार बिहान बा लु ९१ प ३१३४ नम्बरको मोटरसाईकलमा सभार थारुलाई ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।
प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुधसन्धान अघि बढाएको छ ।

