एसईई नतिजामा बाणगंगाः ६७ प्रतिशत विद्यार्थी उत्तीर्ण, केही विद्यालयको शतप्रतिशत नतिजा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बाणगंगा नगरपालिकामा ६७.५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन । सोमबार राति प्रकाशित नतिजामा केहि विद्यालयको शत प्रतिशत नतिजा सहित ६७.५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन ।

नगर भित्रका ३३ विद्यालय बाट सहभागि कुल १ हजार ८ सय ९ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा १ हजार २२१ विद्यार्थी उत्तीर्ण हुँदा ५ सय ८८ जना विद्यार्थीले नन–ग्रेड ल्याएका छन ।नतिजा विवरणअनुसार सबैभन्दा धेरै विद्यार्थी २.८ देखि ३.१९ जीपीए समूहमा रहेका छन । उक्त समूहमा ४ सय ४७ जना विद्यार्थी रहेका छन । त्यसपछि ३.२ देखि ३.५९ जीपीए ल्याउने विद्यार्थी संख्या ३ सय ९४ रहेको छ ।

यस वर्ष नगरपालिकाभित्र ४.०० जीपीए ल्याउने विद्यार्थी संख्या ९ रहेको छ । जसमा कपिलवस्तु ज्ञानज्योती शिक्षा सदन बैदौली र महेन्द्र मा.वि. कोपवा बाट समान ३/३, बाणगंगा मा.वि. लौगाई, हथौसा लिटल स्टार ओदारी र लक्ष्मणघाट मा.वि. बाट समान १/१ जना विद्यार्थीले ४.०० जीपीए ल्याएका हुन । ३.६ देखि ३.९९ जीपीए ल्याउने १ सय ८३ जना विद्यार्थी रहेका छन् भने २.४ देखि २.७९ जीपीए ल्याउने १ सय ७४ र २.० देखि २.३९ जीपीए ल्याउने १४ जना विद्यार्थी रहेका छन ।

त्यस्तै नगरका ९ वटा विद्यालय बाट शत प्रतिशत उत्तीर्ण हुन सफल भएका छन ।
शत प्रतिशत उत्तीर्ण हुने विद्यालयहरु
कपिलवस्तु ज्ञानज्योति शिक्षा सदन, बैदौली
युनाइटेड स्टुडेन्ट एकेडेमी, चप्परगौँड
पारिजात इङ्लिस बोर्डिङ स्कुल, बनगाई
अन्नपूर्ण विद्या मन्दिर, कोपवा
मनकामना संस्कृत मावि, नन्दनगर
एभरग्रिन इङ्लिस बोर्डिङ स्कुल, बरवा
सगरमाथा विद्या मन्दिर, जिनुवा
भूपू सैनिक इङ्लिस बोर्डिङ स्कुल, बाणगङ्गा
चिल्ड्रेन प्याराडाइज बोर्डिङ स्कुल, बोडगाउँ

एसईईको परिक्षामा सबैभन्दा धेरै २६० विद्यार्थी सहभागी भएको जनता माध्यमिक विद्यालय मा ७४.२३ प्रतिशत नतिजा आएको छ । त्यस्तै २०८ विद्यार्थी सहभागी भएको बाणगङ्गा माध्यमिक विद्यालय को नतिजा ७२.१२ प्रतिशत रहेको छ । होराइजन बोर्डिङ स्कुल मा १ सय १२ विद्यार्थीमध्ये ७८.५७ प्रतिशत उत्तीर्ण भएका छन ।

केही विद्यालयको नतिजा निक्कै कमजोर समेत देखिएको छ । जसमा कामता माध्यमिक विद्यालय को नतिजा सबैभन्दा कम १८.१८ प्रतिशत रहेको छ । त्यस्तै जनज्योति माध्यमिक विद्यालय को २२.५४ प्रतिशत, मावि झण्डा को ३६.३६ प्रतिशत र महेन्द्र माध्यमिक विद्यालय को ३९.१९ प्रतिशत नतिजा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *