एसईई ग्रेडवृद्धि परीक्षामा ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०८२ को ग्रेडवृद्धि ९पूरक० परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षामा १ लाख २९ हजार ११४ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन् । यो कुल सहभागीको ६४।६९ प्रतिशत हो ।

जीपीएअनुसार सबैभन्दा धेरै ५१ हजार ४३८ विद्यार्थीले २।४० देखि २।८० सम्म जीपीए प्राप्त गरेका छन् ।

त्यस्तै १६ हजार ४६७ जनाले २।८० देखि ३।२०, १४ हजार ३६२ जनाले २।०० देखि २।४०, १ हजार १९५ जनाले ३।२० देखि ३।६०, ४५ जनाले १।६० देखि २।०० तथा १६ जनाले ३।६० देखि ४।०० जीपीए हासिल गरेका छन् । ०।८०–१।२० र १।२०–१।६० जीपीए प्राप्त गर्ने विद्यार्थी भने छैनन् ।

बोर्डले नतिजा वेबसाइट, आईभीआर तथा एसएमएसरयूएसएसडी सेवामार्फत हेर्न सकिने जनाएको छ । नतिजामा चित्त नबुझे पुनर्योगका लागि बोर्डले तोकेको अवधिभित्र अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था पनि गरिएको छ ।

यसैबीच, परीक्षा मर्यादा विपरीत कार्य गरेको आरोपमा केन्द्राध्यक्षबाट सिफारिस भएका ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *