उद्योग व्यापार संघ कपिलवस्तुमा नयाँ कार्यसमिति

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तु उद्योग व्यापार संघको अध्यक्षमा टोपनारायण बेल्बासे सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न संघको दोस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट बेल्बासे अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा शंकरभाट क्षेत्री, उद्योग उपाध्यक्षमा कलामुद्धिन मुसलमान, वाणिज्य उपाध्यक्षमा बासुदेव खनाल, एसोसिएट उपाध्यक्षमा वेदराज नेपाली, वस्तुगत उपाध्यक्षमा सन्देश कक्षपति, महिला उपाध्यक्षमा गितादेवी पौडेल, खुल्ला उपाध्यक्षमा मधुकला भट्टराई, महासचिवमा माधवभाट क्षेत्री, कोषाध्यक्षमा शालिकराम आचार्य, सचिवमा शिशिर पोख्रेल र सह–कोषाध्यक्षमा विष्णु पाण्डे निर्वाचित हुनुभएको छ ।

त्यस्तै कार्यसमिति सदस्यहरूमा भोजराज भट्टराई, रविन्द्र अर्याल, नारायणप्रसाद पौडेल, वेलाल महमद मुसलमान, गणेश अधिकारी, रामप्रसाद मरासिनी, उमेश विश्वकर्मा, मुक्तिराम कँडेल र कृष्णप्रसाद पौडेल निर्वाचित हुनुभएको निर्वाचन मण्डलले जनाएको छ ।

निर्वाचन मण्डलका अनुसार लेखा समिति संयोजकमा विष्णु सापकोटा निर्वाचित हुनुभएको छ भने सदस्यहरूमा शिवप्रसाद बन्जाडे र पिताम्बर न्यौपाने निर्वाचित हुनुभएको छ ।

अधिवेशनपछि नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ ।

निवर्तमान अध्यक्ष खिमानन्द पौडेलले संघलाई अझ सशक्त बनाउँदै व्यवसायीका समस्या समाधानमा निरन्तर लाग्नुपर्ने बताउनुभयो । संघले पछिल्लो समय व्यवसायीको हकहितका पक्षमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै उहाँले नयाँ नेतृत्वले यसलाई अझ प्रभावकारी बनाउने विश्वास विश्वास व्यक्त गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष टोपनारायण बेल्बासेले व्यवसायीको हकहित संरक्षण, बजार व्यवस्थापन, उपभोक्ता हित र उद्योग–व्यापार प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

व्यवसायीको समस्या समाधान र संघलाई थप गतिशील बनाउने गरी सबैलाई समेटेर अघि बढ्ने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *