जनहित अनलाइन, कपिलवस्तु । पछिल्लो समय उच्च शिक्षाका लागि विदेशमा जाने क्रम बढ्दो रहेको छ । गुणस्तरिय शिक्षाको खोजिमा उत्कृष्ट विश्वविद्यालय छनोट गर्दै धमाधम नेपाली विद्यार्थीहरु विभिन्न देशमा गैरहेका छन ।
यहि अवस्थालाई मध्यनजर गर्दै काठमाडौ बाट सेवा दिँदै आइरहेको ‘स्टडी फस्ट’ ले अब भने रुपन्देही र कपिलवस्तु बाट समेत सेवा विस्तार गर्ने भएको छ । देशभर शाखा विस्तार गर्ने क्रममा रुपन्देहीको बुटवल र कपिवस्तु बाट समेत सेवा प्रवाह गर्न लागिएको बुटवल–कपिलवस्तुका प्रमुख नेत्र भुषालले बताउनुभयो ।
कपिलवस्तुकै सञ्जिव पाण्डे प्रमुख सञ्चालक रहेको उक्त संस्थाले अहिले कपिलवस्तु र रुपन्देहीका विद्यार्थीहरुलाई अनलाइन मार्फत सेवा दिँदै आइरहेको भुषालले बतउनुभयो । १५ वर्ष अगाडि देखि सेवा दिइरहेको संस्थाले अमेरिका, क्यानडा, युके, अष्ट्रेलिया, न्युजिल्याण्ड लगायतका देशमा प्रत्यक वर्ष २५०-३०० विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि पठाइरहेको छ ।



