आफैले जन्माएको शिशु डस्बिनमा फाल्ने आमा शितगंगाकि भएको पुष्टि

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन,कपिलवस्तु ।  दुई दिन अघि प्युठानको दर्भानमा फोहोर फाल्ने९डस्बिन० भित्र फेला परेको मृत नवजात शिशुको आमा अर्घाखाँचीको शितंगगाकि रहेको पुष्टि भएको छ।

प्रहरीले अनुसन्धान गर्दै जादा घटना अर्घाखाँची शितगंगा घर  भई अध्यनको शिलशिलामा कक्षा ९ मा पढ्ने १७ वर्षिय किशोरि भएको खुल्न आएको छ। ती किशोर चिटिक्क परेर घटना स्थलमा सर्वसाधारण जस्तै आएकी थिइन् प्रहरीले सामान्य सोधपुछ गर्दा पनि केही पत्तो पाउन सकेको थिएन ।

अनुसन्धान कै क्रममा ती किशोरीलाई प्रहरीले अर्को दिन फेरि सम्पर्क गरि सोधपुछ गर्दा फेरि पनि उनले कुनै शंका गर्न नसकिने गरि सामान्य जवाफ दिएकि थिइन । सोहि क्रममा उनको स्वास्थ्य चेकजाँच गर्ने लगाउदा त्यो बच्चा त्याहि किशोरिले नै जन्म दिएको कुरा पुष्टि भएको हो। घटना बाहिरिन साथ उनी डाको छोडेर रुन थालिन् । सोही ठाँउको एउटा स्कुलमा कक्षा ९ मा ती किशोरि अध्ययन गर्थिन भने सोहि स्कुलको कक्षा १२ मा पढ्ने एक जना विद्यार्थी उनका प्रेमी थिए केहि वर्षको प्रेम सम्बन्धको नतिजा त्यो मृत शिशु थियो।
गर्भवती रहेका बेला उनलाई आफू मोटाउदै गएको भन्ने लागेयो र मङ्सिर महिनामा आएर मात्रै उनलाई आफू गर्भवती भएको थाहा भएको थियो । यो कुरा प्रेमिलाई भन्दा उनले मजाकमा लिने गर्थे चिसोको सिजन भएको हुँदा मोटो कपडा लगाएर स्कुल जाने उनलाई गर्भवती रहेको समेत कसैले थाहा पाएनन् ।

केहि दिन अगाडि रातिको समयमा ती किशोरीले सकुशल छोरालाई जन्माइन र उनले प्रेमिलाई फोन गरि तेरो छोरा लैजा भन्दा उनले फोन काटेर मोबाइल अफ गरे । त्यतिकैमा ब१च्चा रुन थाल्यो । छिमेकीहरुले थाहा पाउने डरमा बच्चाको मुख छोपेको र बच्चा लाई सिमेन्टको चिसो भुइँमा राखेको उनले बताइन् । मृत बच्चालाई एक दिन कोठामै राखी अर्को दिन उनले १० मिनेट लाग्ने बजारको डष्टबिनमा फालेर फर्किन।

ती किशोरीका बुबा छैनन् । आमा रोजगारीका लागि दुबैमा छिन। प्रेमी र प्रेमिका दुबैलाई पक्राउ गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *