आज ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 काठमाडौँ।  साताको पहिलो दिन ९आइतबार० सुनको मूल्य बढेको छ । शुक्रबार सम्म प्रतितोला एक लाख ८३ हजार पाँच सय रुपैयाँ पुगेको सुन आज ६ सय रुपैयाँले बढेको हो ।

आज सुन एक लाख ८४ हजार एक सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै चाँदीको मूल्य भने केहि घटेको छ । यस अघि चाँदी एक हजार ९३० रुपैयाँमा नै कारोबार भइरहेको थियो भने आज २० रुपैयाँले घटेर एक हजार ९ सय १० रुपैयाँमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *