जनहित अनलाई कपिलवस्तु । अपाङ्गता भएका ब्याक्तीहरुको लागि सरकारले एन बनाएको छ।अब प्रदेशले पनि छिट्टै ऐन बनाएर सम्पूर्ण गुनासोलाई कार्यनयन गराउने छौ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद माननीय रामजी प्रसाद घिमिरेले भन्नु भयो । ३३ओैं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारी राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशको आयोजना,राष्ट्रिय मानव अधिकार लुम्बिनी प्रद्शको सहकार्य,सन्धिखर्क नगरपालिकाको सहयोगमाआज अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क स्थित नगर सभाहलमा सम्पन्न भएको कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो ।
यस्तै कार्यक्रममा बोल्दै सन्धिखर्कनगरपालिकाका नगर प्रमुख कृष्ण श्रेष्ठले संघीय,प्रदेश,रस्थानीय तीनै तहका सरकार मिलिअपाङ्गता भएका ब्याक्तीहरुलाइ सहज तरिकाले जिउने वातारण बनाउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
३३औँ अन्तर्राष्ट्रिय दिवस मुङ्सिर १८ गते ३ डिसेम्बर २०२४ तारिखका दिन विश्वभर विविध कार्यक्रमहरू आयोजना गरी मनाइन्छ । नेपालमा पनि यो दिवसको अवसरमा दीप प्रज्वलन, प्रभातफेरी,र्याली,अन्तरक्रिया लगायतका कार्यक्रम गरी मनाइएको छ।
कार्यक्रममा नगर उप प्रमुख मिश्रा आचार्य,मालारानी गाउँपालिकाका अध्यक्ष दल बहादुर भट्राई,प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल,मानब अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, अपाङ्गता भएका ब्याक्ती,पत्रकार समाजसेवी लगायतको उपस्थिति रहेको थियो । राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशकाअध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षयता रहेको कार्यक्रम सचिव सन्तोष पन्थीले गर्नुभएको थियो ।


