शितगंगा १३ को मुस्यानमा बाघले ७ बाख्रा मार्‍यो, ८ वटा अझै भेटिएनन्

अर्घाखाँची । अर्घाखाँचीको एक बाख्रा फर्मका १५ बाख्रा बाघले मारेको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १३ मुस्यान माझिफाँटमा रहेको हिमालयन बाख्रापालन तथा कृषि फर्मका १५ बाख्रा बाघले मारेको हो । बुधबार बाख्रा चराउन जङ्गल जादा एकै दिन ३० बाख्रा हराएका थिए । जसमध्ये १५ बाख्रा फर्ममा आएका, ती मध्य एउटा घाइते रहेको र […]

ग्यालेक्सी युथ क्लबः दुर्घटना न्यूनिकरण गर्न छाडा चौपायालाई नियोन बेल्ट

चेतन विष्ट, कपिलवस्तु । रात्रिकालिन समयमा छाडा चौपायहरुबाट हुने सडक दुर्घटना न्यूनिकरणका लागि बाणगंगाको ग्यालेक्सी युथ क्लबले छाडा चौपायाहरुलाई नियोन बेल्ट लगाइदिएको छ । सवारी चापसँगै जथाभाबी रहेका छाडा चौपायाले गर्दा दुर्घटनाको जोखिम बढिरहेकाले बाणगंगाका बनगाई, खारखानी, बुङ्ची लगायतका ठाउँमा रहेका करिब ६० बढी छाडा चौपाईलाई नियोन लाईट बाधिएको क्लबका अध्यक्ष अमृत गिरीले जनहित अनलाइन […]

संखुवासभामा ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । संखुवासभामा भूकम्प गएको छ । आज राति ११ बजेर १५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार संखुवासभाको मगहाङ केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प मापन भएको छ। भूकम्पको धक्का महसुस भएपछि स्थानीय आत्तिँदै घर बाहिर निस्किएका थिए । भूकम्पले क्षति पुर्याए/नपुर्याएको थाहा हुन सकेको छैन […]

लुम्बिनी, बागमती, कर्णाली र सुदूरपश्चिमका एक/दुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ । आज चार वटा प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । लुम्बिनी, बागमती, कर्णाली र सुदूरपश्चिमका एक/दुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभरको मौसम आज दिनभर नै साधारणतया बदली रहनेछ । देशका पहाडी भागका केही ठाउँमा र तराइको थोरै ठाउँमा […]

कपिलवस्तुको शिवराजमा ६ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा एक घरबाट सुनका गरगहना र नगद गरी ६ लाख २२ हजारको धनमाल चोरी भएको छ। चोरी बिहीबार दिउँसो भएको र चोरीमा संलग्न व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र फरार व्यक्तिको खोजी गरिरहेको छ। स्थानीय बासुदेव शर्माको घरमा बिहीबार दिउँसो चोरी भएको प्रहरीले जनाएको […]

विजयनगर आधारभूत अस्पतालमा आँखा उपचार सेवा सुरु

कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६ बद्धाैरमा रहेकाे विजयनगर आधारभूत अस्पतालमा आँखा उपचार सेवा सुरु भएको छ । गाउँपालिकाकाे सहयोग र छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जकाे प्राविधिक सहयोगमा दुबै निकायबीच सम्झाैता भए अनुसार साप्ताहिक रुपमा हरेक शुक्रबार आँखा उपचार सेवा र माेतिबिन्दुकाे नि:शुल्क शल्यक्रियाकाे शुभाराम्भ भएको अस्पतालले जनाएको छ । कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष गाेपाल […]

विभिन्न माग राख्दै संयुक्त एम्बुलेन्स चालक संघ कपिलवस्तुले बुझायो ज्ञापनपत्र

कपिलवस्तु । संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनियन संघ जिल्ला शाखा कपिलवस्तुले शुक्रबार जिल्ला प्रशासन कार्यालय तौलिहवामा ज्ञापनपत्र बुझाएको छ ।संघले बुझाएको ज्ञापनपत्रमा सरकारले जारी गरेको राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८ लाई चालक तथा सञ्चालक विरोधी भन्दै सच्याउन माग गरिएको छ । उक्त निर्देशिकाका कारण देशभरका करिब ८० प्रतिशत एम्बुलेन्स नवीकरण हुन नसकेको र करिब ६ हजार […]

सिद्धार्थ क्याम्पसमा ‘तीज गीत तथा नृत्य प्रतियोगिता’

कपिलवस्तु ।  सिद्धार्थ क्याम्पस बाणगङ्गामा तीज गीत तथा नृत्य प्रतियोगिता क्याम्पस सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप समिति र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को संयुक्त आयोजनामा क्याम्पसको सभाहलमा भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो । कार्यक्रममा स्नातक तहका विभिन्न समूहले तीज सम्बन्धी परम्परागत गीत तथा नृत्य प्रस्तुत गरेका थिए । नृत्यमा विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक प्रतिभा […]

राप्रपा शुद्धोधनमा पाण्डेको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्वाचित

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कपिलवस्तु क्षेत्र नं. १ प्रदेशसभा (ख) अन्तर्गत शुद्धोधन गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट विजय कुमार पाण्डेको अध्यक्षतामा १७ सदस्यीय गाउँपालिका कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । निर्वाचित पदाधिकारीमा उपाध्यक्षमा कलावति चाई, सचिवमा कृष्ण चौधरी, कोषाध्यक्षमा बहुरन पाण्डेसहित १७ सदस्यीय समिति चयन गरिएको अधिवेशन सञ्चालक तथा […]

कपिलवस्तुमा क्वनकिडो संघ गठन, अध्यक्षतामा अश्विन के.सी

कपिलवस्तु । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ कपिलवस्तुमा कपिलवस्तु क्वनकिडो संघ गठन भएको छ। संघको अध्यक्षमा अश्विन के।सी। निर्वाचित भएका छन्।गठित १५ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा मधु आचार्य, सचिवमा शेषकान्त मरासिनी, सह–सचिवमा पशुपति यादव, कोषाध्यक्षमा सन्ध्या सापकोटा रहेका छन्। कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका प्रमुख मिनप्रसाद पोख्रेलले खेलकुदले राष्ट्रको […]