सामाजिक सञ्जालको साँचो विदेशमा, दुरुपयोग रोक्न टाउको दुखाइ

काठमाडौं । निर्वाचन आयोगले माघको पहिलो सातादेखि निर्वाचन आचारसंहिता लागू गर्दैछ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मर्यादित बनाउन आयोगले स्वीकृत गरिसकेको आचारसंहिता अर्को सातादेखि लागू गर्ने तयारी भइरहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । तर, निर्वाचन आचारसंहिता कार्यान्वयन भने सहज छैन । सामाजिक सञ्जालको बढ्दो दुरुपयोग रोक्न निर्वाचन आयोगको लागि मुख्य चुनौती देखिएको छ । […]

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारहरुको मनोनयन हुँदैछ । आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । निर्वाचन आयोगले फागुनबाट रिक्त हुने १८ सदस्यका लागि माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन कार्यतालिका बनाएको हो। आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा […]

पत्रकारमाथि धम्की भएको भन्दै सामुदायिक रेडियो प्रसारक संघ र प्रेस युनियन कपिलवस्तुद्वारा विज्ञप्ति

कपिलवस्तु । समाचार प्रशारणको क्रममा सामुदायिक रेडियो प्रसारक संघ, लुम्बिनी प्रदेशका सचिव गणेश पोखरेललाई सामाजिक सञ्जालमार्फत गालीगलौज गर्दै भौतिक आक्रमणको धम्की दिइएको भन्दै सो घटनाप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले जारी गरेको प्रेस विज्ञप्तिमा कुनै पनि समाचारप्रति गुनासो भएमा त्यसको समाधान कानुनी वा प्रचलित विधिअनुसार खोजिनुपर्ने उल्लेख गर्दै पत्रकारलाई धम्क्याउने कार्य अत्यन्त निन्दनीय […]

यशोधरा गाउँपालिकामा नागरिक सुनुवाइ सम्पन्न

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ७ मर्यादपुरमा स्थानीयवासी नागरिकहरूको गुनासो, पिरमर्का, राय तथा सुझाव प्रत्यक्ष रूपमा ग्रहण गर्ने उद्देश्यले नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार सम्पन्न उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो । कार्यक्रम स्थानीय तहमा शान्ति सुरक्षा, अपराध […]

कृष्णनगर नगरपालिकाद्वारा प्रहरी कार्यालयलाई ३ एसी र ३ पानी फिल्टर सहयोग

कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका तथा नगरपालिकाका दुई ओटा वडाले इलाका प्रहरी कार्यालय कृष्णनगरलाई ३ थान एसी र ३ थान पानी फिल्टर सहयोग गरेका छन् । ३ लाख ६ हजार बराबरको साे सामग्री प्रदान गरिएको जनाइएको छ । कृष्णनगर नगरपालिकाले १ टन क्षमताका २ ओटा एसी उपलब्ध गराएको छ भने वडा नम्बर १२ काे […]

‘झुटो हैन सुनकेशरी’ गीतलाई दर्शकको उत्कृष्ट साथ

कपिलवस्तु । नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको संगीत तथा खेम सेन्चुरी र दीपिका बयम्बु मगरको सुमधुर आवाजमा सजिएको नयाँ लोकगीत “झुटो हैन सुनकेशरी” सार्वजनिक गरिएको छ। बिनोद भण्डारीको निर्देशनमा तयार भएको उक्त गीत मोडल असिम कडेल क्षेत्रीको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीतको भिडियोमा नारायणी खत्री र असिम कडेल क्षेत्री को अभिनय देख्न […]

बाणगंगा–८ मा सञ्चालित घुम्ती शिविरबाट ९ सय ७० जनाले लिए सेवा

 बाणगंगा । बाणगंगा नगरपालिका, कपिलवस्तुले आइतबार सञ्चालन गरेको घुम्ती शिविरबाट ९ सय ७० जना सेवाग्राहीले विभिन्न सेवा लिएका छन्। बाणगंगा नगरपालिका वडा नं. ८ को आयोजना तथा वडा कार्यालयको समन्वयमा श्री मोतिपुर ४÷६ खानेपानी उपभोक्ता समितिको कार्यालय परिसरमा शिविर सञ्चालन गरिएको हो। शिविरमार्फत नगरपालिकाका विभिन्न शाखाबाट प्रदान गरिने सेवाहरू नागरिकको घरदैलोमै उपलब्ध गराइएको नगरपालिकाले जनाएको […]

शितगंगाको ठाडामा इलाका प्रशासन कार्यालयको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

अर्घाखाँची । शितगंगा नगरपालिका–३ ठाडामा इलाका प्रशासन कार्यालय स्थापना हुनुपर्ने माग गर्दै विभिन्न दलका नेतासहित स्थानीय बासिन्दाले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । नगर प्रमुख छविलाल पौडेल, जनप्रतिनिधि, पूर्वजनप्रतिनिधिलगायत सबै दलका नेताले आइतबार काठमाडौं पुगेर ज्ञापनपत्र बुझाएका हुन् । सुशीला कार्की सरकारले देशका विभिन्न जिल्लाका ९ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गर्दा अर्घाखाँचीको शितगंगा […]

कपिलवस्तुबाट मुस्लिम महिला नेत्री रबिना खान समानुपातिकमा सिफारिस

कपिलवस्तु । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नं ३ निवासी नेपाली कम्युनिस्ट पार्टीकी मुस्लिम महिला नेतृ रबिना खानलाई पार्टीले समानुपातिक सुचिको पहिलो नम्बरमा सिफारिस गरेको छ। Gen -Z आन्दोलन पश्चात बनेको शुसिला कार्कीको सरकारले सवैधानिक निर्वाचन प्रणालीमा गएपछि आउँदो फागुन २१ गतेको निर्वाचनलाई मध्येनजर गर्दै नेपाली कम्युनिस्ट पार्टीले रबिना खानको संघर्ष र राजनीतिक यात्रालाई उच्चमूल्याङ्कन […]

लुम्बिनी प्रदेशमा आत्महत्या विकराल बन्दै, ३ वर्षमा मात्र ३ हजार ८ सयले गरे आत्महत्या

दाङ । दाङका एक स्थानीयको परिवार आजभोलि शोकमा छ । केही दिन अघिसम्म खुशीयाली र रमाइलोको वातावरण रहेको परिवारमा अचानक १९ वर्षको छोराले औषधि सेवन गरी आत्महत्या गरेपछि परिवार शोकमा छ। छोराले राम्रो पढाईलेखाइ गरोस् भन्ने चाहनासहित दुःखसुख गरेर छोरालाई घोराहीमा २ वर्षदेखि डेरामा राखेर पढाइरहेका थिए। अचानक छोराको आत्महत्याको खवरले परिवार स्तब्ध भयो। घोराहीमा […]